• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् अनुभव

प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ 

64x64
धनु विश्वकर्मा आइतबार, असार १९, २०७९  ०९:५६
1140x725

काठमाडौं– ‘कर्णालीको शान्तिसुरक्षा अलग्गै छ। बबईबाट कर्णाली प्रदेश सुरु भएपछि जुम्ला पुगुन्जेलसम्म १५ वटा चेकजाँच पार गर्नुपर्छ। त्यहाँ कुखुरावालाले कुखुरा बुझाउनुपर्छ। तरकारीवालाले तरकारी बुझाउनुपर्छ। फलफूल व्यापारीले फलफूल र पेसेन्जेरले पैसा बुझाउँदै जानुपर्छ। के त्यो कमिसन गृहमन्त्रीज्यूसम्म आइपुग्छ? के हामी जम्मुकश्मीरका मान्छे हौँ? यो अति भयो। अति भयो।’

जुम्लाका सांसद् गजेन्द्रबहादुर महतले गएको जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीलाई यसरी प्रश्न गरेका थिए। जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद महत प्रतिनिधिसभामा कर्णालीका मुद्दा फरक शैलीमा उठाउँछन्। उनी जति सवाल उठाउँछन्, ‘गर्जन’का साथ उठाउँछन्। फरक शैलीकै कारण चर्चामा आइरहन्छन्। कर्णालीका कुरा काठमाडौंले नसुन्ने बताइरहन्छन्।

उनले गएको जेठ १४ को संसद् बैठकमै भनेका थिए, ‘अब यहाँ गाली गर्नेलाई तीन घन्टा छ, कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेट छ।’ प्रमुख प्रतिपक्ष दलका नेता रहेका एमाले अध्यक्ष केपी ओलीले संसद्को रोष्ट्रममा उभिएर तीन घन्टा ‘गाली’ मात्र गरेको उनको संकेत थियो।

संसद्‍मा बोलेका कुरा समाचार बन्ने तर, कार्यान्वयन नहुने उनको गुनासो छ। त्यसैले सांसद महत कहिले बाजागाजाकासाथ विद्युत् प्राधिकरण र कहिले खाद्यन्नका लागि कर्णालीका जनतासहित सिंहदरबार छिर्छन्।

महतको घर जुम्लाको चन्दननाथ नगरपालिका–७, महतगाउँमा छ। उनले एसएलसीसम्मको अध्ययन गरेका छन्। नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनबाट २०४१ सालमा राजनीति थालेका महत अहिले नेकपा माओवादी केन्द्रका सांसद् हुन्।

राजनीतिमा लाग्नुपूर्व उनी शिक्षण पेसामा आबद्ध थिए। तर, २०५६ सालमा सशस्त्र युद्ध गरिरहेको तत्कालीन माओवादीमा प्रवेश गरी भूमिगत भए। २०६० सालमा माओवादीले गठन गरेको जुम्लाको जनसरकार प्रमुख बने।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी जुम्लाबाट पराजित भए। तर, २०७४ को प्रतिनिधिमा निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रत्यक्षमा निर्वाचित भए।

महत संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य पनि हुन्। तर, पाँच वर्षे कार्यकाल मैझारो हुने क्रममा रहँदा उनमा आशाभन्दा निरासा धेरै छ। बजेट आउँदा पनि विकटलाई प्राथमिकता नदिने गरेको उनको  गुनासो छ। जिल्लाको मन्त्री नहुँदा समस्या पर्ने उनी बताइरहन्छन्। ‘कर्मचारी र मन्त्रालय उठाउनका लागि बाजागाजा लगाएर जानुपर्ने अवस्था आयो। तर, जुम्ला त हो भन्दै नाक खुम्च्याउने प्रवृत्तिमा कमी आएको छैन’, सांसद महत भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

जिल्लामा बिजुलीको समस्या थियो। विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई महतले फोन डायल गरे। तर, फोन उठाएनन्। पटक पटक फोन गरेपछि उठाएका घिसिङले भेट्न मोनन्। ‘किन भेट्न पर्‍यो, फोनमा कुरा गर्दा हुँदैन?’ भन्ने जवाफ दिए।

‘मलाई त्यो शैली फिटिक्क मन परेन। जुम्लीको समस्या हो, हामीलाई के मतलब भन्ने लाग्यो होला। संसद् विघटन गरिएको थियो। कहाँ गएर कुरा उठाउने? त्यसपछि कर्णालीको पहिचान गर्ने हुड्केली बाजागाजासहित विद्युत् प्राधिकरण पुगेँ,’ महत भन्छन्।

राज्यसत्ता भनेको माननीय हुनु मात्र नभएको उनी बताउँछन्। पहुँचका नेता कर्मचारी व्यापारीजस्ता भएका उनको अनुभव छ। हरेक क्षेत्रमा पहुँच चाहिने प्रणालीबाट उनी दिकदार छन्। भौतिक रुपमा त कर्णाली केन्द्रसँग जोडिएको छ, तर राजनितिक र भावनात्मक रुपमा अझै नजोडिएको उनी बताउँछन्। ‘गाउँमा बिरामी हुँदा पनि जनताले सांसद खोज्नुपर्छ। वीर अस्पतालमा बिरामी जँचाउँदा पनि म आफैं जाने गरेको छु। मन्त्रालय, विभागमा जाँदा पनि कर्मचारीले संविधान पढाउँछन्’, गजेन्द्रको दुःखेसो छ।

राज्यसत्ता भनेको माननीय हुनु मात्र नभएको उनी बताउँछन्। पहुँचका नेता कर्मचारी व्यापारीजस्ता भएका उनको अनुभव छ। हरेक क्षेत्रमा पहुँच चाहिने प्रणालीबाट उनी दिकदार छन्। भौतिक रुपमा त कर्णाली केन्द्रसँग जोडिएको छ, तर राजनितिक र भावनात्मक रुपमा अझै नजोडिएको उनी बताउँछन्।

कर्णालीका कुनै पनि नेता कुनै पार्टीको माथिल्लो तहमा नहुँदा आवाज नसुन्ने गरेको उनी बताउँछन्। मन्त्रालय र अन्य कार्यालयमा पनि कर्णालीका कर्मचारी नगन्य छन्। यसले गजेन्द्रको मन दुखेको छ। ‘यहाँ जे हुन्छ, पहुँचको आधारमा हुन्छ। पाँच वर्षको अनुभव मीठोभन्दा तीतो धेरै छन्। जनताको अपेक्षा एकातिर हुन्छ, माननीयको कर्तव्य अर्कातिर हुन्छ,’ उनी भन्छन्, ‘जनप्रतिनिधिको काम भनेको नियम, कानुन बनाउने हो। तर, हाम्रोमा धारा, पुलपुलेसा, विद्यालय, सडक, बिजुली नेताले निर्माण गर्छन् भन्ने गलत बुझाइ छ।’

आफू पहिलोपटक सांसद बनेर आएको स्मरण गर्दै उनले जुम्ली जनताका सवाल संसद्मा उठाए पनि जे सोचेको त्यो पूरा नभएको उनको भनाइ छ। जनताका केही सवालमा भने मह्लम लगाउन पाएको उनले बताए। ‘पहिलोपटक सांसद भएर आउनेलाई मन्त्रालयका कर्मचारीले पाठ पढाउँछन्। केही योजनाका लागि गयो भने नियम छैन, कानुनमा छैन, त्यो प्रदेशको काम हो, स्थानीय तहको काम हो भनेर टालटुल पार्छन्’, गजेन्द्रको अनुभव छ। 

संसद‍्मा बोल्नै पनि पापड पेल्नुपर्ने उनी बताउँछन्। नेताहरूको वरिष्ठता हेरेर बोल्ने समयको निर्धारण हुने गरेकोमा उनको गुनासो छ। ‘माथिल्ला तहका नेताले जति बोले भयो। हाम्रा लागि शून्य समय एक मिनेटको छ, समस्या सयौं छन्। एक मिनेटमा कसरी सरकारले सुनाउनू?’, उनी भन्छन्, ‘सांसद हौँ भन्दा मुख लुकाउनुपर्ने अवस्था छ। बाटोमा हिँड्दा लोगो लुकाएर हिँडेको छु।’

उनको अनुभवमा केन्द्रको बजेटमा जिल्लाको योजना पार्न सजिलो छैन। कहिलेकाहीँ जिल्ला जाँदा जनताले ‘ऊ आयो अनुहार देखाउन’ भन्ने गरेको उनी बताउँछन्। ‘म सभासद नभएर व्यवसाय गरेको भए धेरै जनतालाई रोजगारी दिन्थेँ होला। यहाँ श्रीमती र दाजुभाइ दिदीबहिनीलाई सजिलै काम लगाउने चलन छ। अब सांसद भएर आउँदिनँ। मलाई पुग्यो।’

दुर्गम र सुगम जिल्लाका सांसदको सेवा सुविधा बराबर हुँदा पनि समस्या भएको उनी बताउँछन्। दुर्गम घर भएकालाई आउन–जान पनि समस्या हुने गरेको छ। जिल्लामा रहेका छोराछोरी र श्रीमतीलाई गाडी भाडा पठाइमाग्नु पर्ने अवस्था रहेको उनले बताए।

‘जिल्लामा जाँदा स्थानीय तहको यातायातको साधन मागेर हिँड्डुल गनुपर्छ। कसैलाई न जागिरका लागि केही गर्न सकिन्छ, न भनेजस्तो योजना दिन सकिन्छ’, उनी भन्छन्, ‘जनताको कामका लागि निर्वाचित भएर आएको, त्यो गर्न सकिँदैन भने किन बेकारको टाउको दुखाउनू?’

जुम्लाबाट सोचेको र यहाँ प्रत्यक्ष देखेको सिंहदरबार निकै फरक रहेको उनको अनुभव छ। उनले जिल्लाका लागि मुख्यतः दुई ठूलो योजना निर्माण गर्न सेकेको बताएका छन्। तिला गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारणलाइनमा जोड्ने र त्यहीँ उत्पादन गर्ने कार्य निर्माणधीन रहेको बताएका छन्। अर्को जुम्ला जाने वैकल्पिक बाटोका रुपमा दैलेख हुँदै कालीकोट र जुम्ला सडकका लागि पहल गरेको उनी सुनाउँछन्। 

‘पार्टीले जुनसुकै जिम्मेवारी दिएपनि त्यो स्वीकार्छु। बरु फेरि व्यवसायमा फर्किन्छु। अब सांसद हुने मनै छैन’, गजेन्द्रले दोहोर्‍याए, ‘जुन उत्साहका साथ आएको थिएँ। सबै हराइसक्यो। आफैं प्रधानमन्त्री वा मन्त्र बन्न सकियो भने मात्र नत्र काम छैन।’

(पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ सालमा भएको थियो। चालु संसद् अन्त्य हुने संघारमा पुग्दा नेपाल लाइभले केही सांसद्हरूको अनुभव र संसदीय क्रियाकलापबारे श्रृंखला सुरु गरेका छौँ। यस श्रृंखलामा क्रमशः प्रतिनिधिसभाका अन्य सांसद्का अनुभव प्रस्तुत गरिनेछ।)

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:५६
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न र सम्पत्ति विवरणमाथि कारबाही नगर्न सर्वोच्चको आदेश शुक्रबार, असार २६, २०८३
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै शुक्रबार, असार २६, २०८३
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्