• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

उज्ज्वल अस्ताएसँगै धुमिल वैकल्पिक राजनीति

64x64
डिबी खड्का शुक्रबार, असार १०, २०७९  १९:१०
1140x725

काठमाडौं- संविधान निर्माणको समयमा राजनीतिमा देखिएको विकृत अभ्यासले व्यवस्थापछि अवस्था परिवर्तनको अपेक्षा गरेका आमजन आजित थिए। युवावर्गमा राजनीतिक वितृष्णा बढ्दो थियो। राजनीतिमा आएको असमझदारी सडकमा पोखिन्थ्यो र गरिन्थ्यो नेपाल बन्द।

२०६६ सालतिरको कुरा हो यो। त्यही बेला सडकमा निस्किएको थियो, एउटा युवा समूह। उनीहरुले पनि बन्दकर्ता जस्तै पम्पलेट बोकेका थिए। त्यो पम्पलेटमा लेखिएको थियो- नेपाल खुल्ला छ। 

त्यसको नेतृत्व स्कुटरमा चढेको एक युवाले गरिरहेका थिए। उनी थिए, उज्ज्वल थापा। त्यसपछि त्यो समूहले हर विकृतिमाथि प्रश्न उठाउन थाल्यो। हरेक समस्यामा स्वयंसेवा गर्न थाल्यो। युवाहरु जोडिनेक्रम सुरु भयो। एक वर्गका युवामा राजनीतिक र सामाजिक झिल्को बाल्यो त्यसले र सुरु भयो नेपाली राजनीतिमा वैकल्पिक शक्तिको बहस। 

No description available.

त्यो बहस जारी छ। तर, यो बहसको सुरुवातकर्ता थापा आफैं अस्ताएको एक वर्ष पूरा भयो। उनी अस्तसँगै उनकै नेतृत्वमा २०७१ जेठमा सुरु भएको विवेकशील नेपाली दल अहिले विवेकशील साझा भएर अस्तव्यस्त बनेको छ। अहिले उक्त दलमा न सुरुवातका सवै 'विवेकशील'हरु अटाएका छन्, न त्यो पार्टी साझा बनेको छ। 

वैकल्पिक पार्टी नै विकल्पविहीन
'विकल्प कुर्दै बस्ने होइन, आफैं बन्ने हो' विवेकशील नेपाली दलले पहिलोपटक चुनावी मैदानमा उत्रिदा अघि सारेका स्लोगन हो। यसरी वैकल्पिक राजनीतिको टुसा उमारेको पार्टीको निरन्तरता विवेकशील पछि विवेकशील साझा अहिले आफैं विकल्पहीन अवस्थामा पुगेको छ। 'विचार भन्दा देश' भन्दै राजनीतिक दस्ताबेज अघि सारेका अध्यक्ष रवीन्द्र मिश्र त्यसकै भासमा फसेका छन्। अहिले अध्यक्षबाट राजीनामा दिएर उनी अलग्गिएका छन्। 

त्यही दस्ताबेजसँग असहमत बनेर टाढिएका संयोजक मिलन पाण्डे उक्त पार्टीको नेतृत्व यही अवस्थामा सम्हाल्ने पक्षमा छैनन्। उनी भन्छन्,  'आजको दिनमा यो पार्टीको अध्यक्ष र संयोजक बन्न सक्दिनँ। यो पार्टीको नीतिमा कन्भिन्स नै छैन, कसरी नेतृत्व गर्ने?'

अहिले केन्द्रीय कमिटीमा विवेकशीलबाट मिसिएका नेताहरुको संख्या कम र साझाको संख्या बढी छ। त्यसले पनि मिश्र अलग्गिदा पाण्डेलाई नेतृत्व सम्हाल्न असहज भएको देखिन्छ। मिश्रले पार्टीको बैठक बोलाएर केन्द्रीय कमिटीमा राजीनामा गरेको भए त्यहीँबाट समाधान निस्किन सक्थ्यो। तर, उनले सार्वजनिक रुपमा राजीनामा घोषणा गरे। उनकै दस्ताबेजका कारण मन फाटेर टाँढिएका एक ठाउँमा जम्मा भएर छलफल गर्न नपाउँदै नेतृत्वले हात उठाएपछि अर्को व्यक्तिलाई सम्हाल्न मुश्किल परेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

पाण्डेको प्रस्ताव छ,  'बितेका १० महिना वैकल्पिक राजनीति र पार्टीको रेकर्डबाट हटाउँ। जे-जस्ता समस्या आए त्यसलाई हटाउँ। युवामैत्री, महिलालाई प्राथमिकता दिने र अल्पसंख्यकलाई समेट्ने पुरानो लक्ष्यलाई पुनर्जागृत गर्ने पार्टी बन्छ भने नेतृत्व गर्न तयार छु। नयाँ राप्रपा बन्छ भने, नो।'

थापा र पाण्डेसँग निकट रहेर काम गरेका पुकार बमसमेत विचार र लाइन नमिलेको भन्दै स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका छन्। उनी भन्छन्, 'अहिले त्यो पार्टीको राजनीतिक विचार र लाइन फरक भइसक्यो। हामीले अभियानबाट स्थापित गरेका विषयकोलाई नेतृत्व गर्ने नेता त्यहाँ छैन।'

उम्मेदवारी स्वतन्त्र, तर अभियानको निरन्तरता
त्यसअघि २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिइएको थियो । थापा काठमाडौं क्षेत्र नम्बर–५ मा उम्मेदवार थिए। चुनाव चिह्न कुकुर लिएर अरु चार युवा निर्वाचनको मैदानमा थिए। ती चारमध्येका एक हुन्  बम। उनी यसपल्ट फेरि चुनावी मैदानमा उत्रिने तयारीमा छन्। अहिले प्रचारप्रसारमा सक्रिय छन्। 

काठमाडौं क्षेत्र नं १ बाट निर्वाचन लड्न उनले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। कानुनी रुपमा स्वतन्त्र उम्मेदवार बने पनि आफूसँग पुरानो विवकेशील दलको लिगेसी रहेको उनी बताउँछन्। अहिलेको विवेकशील साझाले त्यो लिगेसी बोक्न नसकेको महशुस गरेर अलग्गिएको उनले बताए।
'म स्वतन्त्र उम्मेदवार भन्दा पनि उज्ज्वलजी हामीले सुरुवात गरेको र संघर्ष गरेको जुन अभियान छ। त्यसैको लिगेसी लिएर चुनावमा होमिएको हुँ। कानुनी रुपमा दलबिहीन छु,' उनले भने,  'स्वतन्त्र कि पार्टी भन्ने प्रश्नमा मैले अभियानबाट उम्मेदवार भनेको छु। हामीले १० वर्ष अगाडि जुन अभियान थालेका थियौं, त्यसको निरन्तरता हो।'

रञ्जु दर्शना पनि काठमाडौं ५  बाट स्वतन्त्र रुपमा चुनाव लड्ने तयारीमा छिन्। अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेकी थिइन्। उनले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। स्थानीय निर्वाचनअघि उनले आफूले काठमाडौं महानगरको मेयरको उम्मेदवारी दोहोर्‍याएर नदिने तर राजनीति नछाड्ने भन्दै संघीय निर्वाचनमा लड्ने संकेत गरेकी थिइन्। 

समस्या समाधानमा उज्ज्वलको अभाव
२०७४ को स्थानीय तह निर्वाचनमा विवेकशीलकी रञ्जु तेस्रो र साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भए। दुई दल मिलेर निर्वाचनमा होमिएका भए जित्न सक्ने आंकलन यही तथ्यांकबाट सुरु भयो। नेपालमा वैकल्पिक शक्तिको शशक्त हस्तक्षेप चाहने वर्गले एकताको आकांक्षा राखे। त्यही आकांक्षाको परिणाम विवकशील साझा हो। 

२०७४ साउन ११ मा विवेकशील साझा पार्टीको रूपमा एकीकृत भयो । तर त्यो एकता धेरै समय रहन पाएन । विवेकशील साझा पार्टीले ‘एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन’ भन्दै विज्ञप्ति जारी गर्‍यो । परिणामस्वरूप २०७५ पुस २७ मा पार्टी विभाजित भयो। त्यसपछि पुनः २०७७ मंसिर २४ मा पार्टी एकीकृत भएको थियो। फेरि एक वर्षमै फाटो आयो र अहिले अस्तव्यस्त बनेको छ। 

No description available.

संयोजक पाण्डे पार्टीले स्वर्गीय थापालाई मिस गरिरहेको बताउँछन्।  उनी सम्झिन्छन्,  'जब समस्या आउँथ्यो। हामी उज्ज्वल दाइसँग फोन र कुराकानी गर्थ्यौं। म काठमाडौं सोच्‍थें भने उहाँ संसार देखाउनुहुन्थ्यो। 'अरे यार त्यो त पार्टी हो। संसारमा यस्तो हुँदैछ। मुद्दा यो पो हो त' भनेर समाधान निकाल्नुहुन्थ्यो।'

थापासँग समस्याको ठूलो राजनीतिक समाधान नभए पनि स-साना उपाय सधैं भइरहने पाण्डे बताउँछन्। उनले सहकार्यका मोडल बताउने र सहकर्मीसँग 'डिल' गर्ने तरिका समेत सिकाउने गरेको उनी स्मरण गर्छन्। 'मैले पनि मेरा साथीभाइ मिलाउन सकेको भए हुन्थ्यो नि त। उहाँ भएको भए सहकार्यको मोडेल राम्रो हुन्थ्यो। यसरी डिल गर भन्नुहुन्थ्यो,' उनले भने,  'कहिलेकाहिँ विवाद हुन्छ। गाह्रो हुन्छ। हामी त एक वर्षदेखि रुमलिरहेका छौं। उहाँ भएको भए पक्कै समाधान निस्किन्थ्यो।' 
अहिले राजीनामा दिए पनि विवेकशील मिश्रकै अन्डरमा रहेको बताउँदै पार्टीको वर्तमान दृष्यमा केही फरक हुने पाण्डेलाई लागिरहन्छ। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्