• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली: राजीनामा दिएर उम्कने दाउमा!

64x64
नारायण अधिकारी शुक्रबार, असार १०, २०७९  १७:५५
1140x725
न्यायाधीश बद्रीप्रसाद ओली (फाइल तस्बिर)

काठमाडौं– महाराजगञ्जमा रहेको ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका न्यायाधीश बद्रीप्रसाद ओली आफू फस्ने भएपछि राजीनामा दिएर उम्कने प्रयासमा लागेका पाइएको छ। 

सरकारको नाममा लालपूर्जा नै कायम रहेको महाराजगञ्जको ६ रोपनी जग्गा ओलीले सेटिङमा व्यक्तिको नाममा हत्याएको समाचार नेपाल लाइभले प्रकाशन गरेपछि उनी न्याय परिषद्‌को‌ ‘रडार’मा परेका थिए। त्यसपछि ओलीको बारेमा न्याय परिषद्‌ले सुक्ष्म रुपमा अनुसन्धान गर्दै उनलाई छानबिनमा तानेको थियो। 

दुई साता अघिमात्रै पत्र काट्दै सर्वोच्च तानेर न्याय परिषद्‌ले ओलीमाथि छानबिन अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। छानबिनमा तानिएपछि आफू फस्ने डरले ओलीले राजीनामा दिएर उम्कन खोजेको समेत पाइएको छ। 

‘छानबिन प्रक्रिया सुरु गरेपछि उहाँले राजीनामा दिन लागेको छु भन्नु भएको थियो। तर, हामीले छानबिनको क्रममै रहेकाले अहिले राजीनामा दिन नमिल्ने र दिए पनि छानबिन नसकी प्रक्रिया अघि नबढ्ने बताएपछि ‘ब्याक’ हुनुभएको हो,’ परिषद्‌का एक सदस्यले नेपाल लाइभसँग भने। 

यो पनि पढ्नुहोस्

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकारआइतबार, माघ ९, २०७८

न्यायाधीशले प्रधानन्यायाधीश समक्ष राजीनामा दिनुपर्ने हुन्छ। त्यसका लागि न्यायाधीश ओलीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर राजीनामा दिने तयारी गरे पनि कामु प्रधानन्यायाधीशले भेट नै नदिएपछि ओलीको राजीनामा दिएर उम्कने प्रयास असफल भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

न्यायाधीश ओली अवकाशमा जाने समय पनि थोरै भएकाले विवादबाट उम्कनका लागि उनले राजीनामा दिन खोजेको पाइएको छ। छानबिनको क्रममा दोषी ठहर भए बर्खास्तसम्म हुने र सेवासुविधा समेत गुम्ने खतरा बढेपछि ओली सुटुक्क राजीनामा थमाएर उम्कन खाजेका थिए। तर, त्यसमा प्रधानन्यायाधीश कार्की बाधक भएपछि उनको योजना सफल हुन पाएन। अहिले उनीमाथि परिषद्‌ले छानबिन गरिरहेको छ। 

महाराजगञ्जस्थित बाँसबारी माध्यमिक विद्यालय सँगैको ६ रोपनी जग्गा २०७८ असारसम्म सरकारको नाममा थियो। उक्त जग्गालाई जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश ओलीको इजलासले व्यक्तिको नाममा हुने फैसला गरेको थियो। त्यतिबेला कोभिड–१९ संक्रमण रोक्न निषेधाज्ञा लगाइएकाले अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द थिए। तर, लगाउ रहेको मुद्दा न्यायाधीश ओलीले कानुन विपरीत फुटाएर विपक्षीलाई जानकारी नै नदिइ सरकारी जग्गा व्यक्तिको नाममा रहने फैसला गरेका थिए। एकै घटनासँग सम्बन्धित दुई वा दुईभन्दा बढी मुद्दा भए त्यस्तालाई एक साथ हेर्न लगाउमा राखिन्छ। त्यस्ता मुद्दा फुटाएर हेर्न मिल्दैन। यो जग्गासम्बन्धमा दुई व्यक्ति र महानगरपालिकाले दायर गरेका मुद्दा लगाउमा थिए।

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’सोमबार, माघ ३, २०७८

यसमा न्यायाधीश ओली समेतको मिलेमतो हुनसक्ने भन्दै महानगरपालिकाले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मोहनबहादुर विष्टले उच्च अदालतमा दिएको निवेदनमा भनिएको छ– ‘सरकारी जग्गा संरक्षण गर्नुपर्ने दायित्व वडाको भएता पनि म वडाध्यक्षलाई यसबारेमा यथार्थ कुरा राखी मुद्दाको पुर्पक्ष गर्न पाउने अधिकारबाट बञ्चित गरिएको, कोभिड–१९ का कारण अतिआवश्यक बाहेकका अदालतका काम ठप्प भएका बेला बदनियतपूर्ण तरिकाले लगाउमा रहेका मुद्दा फुटाइ सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याउने फैसला न्यायाधीश बद्रीप्रसाद ओलीबाट भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अतिआवश्यक बाहेकका सेवा ठप्प रहेका बेला भू–माफियासँगको मिलेमतोमा न्यायाधीश ओलीले सरकारी जग्गा व्यक्ति विशेषको नाममा रहने फैसला गरेको दाबी जानकार स्रोतहरुको छ। ‘मेरो जग्गा होइन’ भनेर मालपोत कार्यालयमा निवेदन समेत दिएका व्यक्ति (हरिशरण सिंह ठकुरी र उनकी भाइ बुहारी ४६ वर्षीया काइली भन्ने जयन्ती शाह) कै जग्गा भएको भन्दै न्यायाधीश ओलीले विवादास्पद फैसला गरेका थिए। २४ वर्षसम्मको चलखेलपछि ‘भू–माफिया’ले न्यायाधीश ओलीसँगको ‘सेटिङ’मार्फत् सरकारी जग्गा हत्याएको दाबी महानगरपालिकाकाको छ। 

यसरी सरकारी जग्गा सेटिङमा व्यक्तिलाई दिएको पाइएपछि न्यायाधीश ओलीको फैसलाविरुद्ध काठमाडौं महानगरपालिका र मालपोत कार्यालय उच्च अदालत पुगेका थिए। उच्च अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधीन अवस्थामै रहेको छ। 

काठमाडौंमै रहँदा कर्णाली प्रदेशका तत्कालीन भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा खारेज गर्दै न्यायाधीश ओलीले नै उनलाई सफाइ दिएका थिए। २०७६ पुस २८ गते ओलीको इजलासले यो मुद्दामा मागदाबी नपुग्ने ठहर गरेको थियो। यो मुद्दामा पनि न्यायाधीश ओलीले आर्थिक चलखेल गरेर सफाइ दिएको आरोप लागेको थियो। 

ओली जहाँ पुग्यो त्यहीँ बद्नामी खेपेर फर्किने न्यायाधीश मध्येमा पर्छन्। काठमाडौंमा सरकारी जग्गा व्यक्तिलाई दिलाएर विवादास्पद बनेका ओलीको त्यसपछि जिल्ला अदालत रामेछापमा सरुवा भएको थियो। त्यहाँ पनि ओली विवादबाट बाहिर रहन सकेनन्। 

Xtrem

Xtrem

काठमाडौंबाट २०७८ साउनमा सरुवा भएर न्यायाधीश ओली रामेछाप पुगेका थिए। उनी रामेछाप पुगेपछि बलात्कार, शरीर बन्धक तथा अपहरण र ठगी मुद्दाका अभियुक्त रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले नै ‘आफ्नै पहल’मा न्यायाधीशको काज सरुवा मिलाएको बताएका थिए। उनको यस्तो भनाइपछि त्यसबेलै खड्काले उन्मुक्ति पाउनसक्ने आशंका व्यक्त भएको थियो। नभन्दै भयो पनि त्यही। तीन वटै मुद्दामा प्रमाण नपुग्ने भन्दै न्यायाधीश ओलीको इजलासले अध्यक्ष खड्कालाई सफाइ दिने फैसला सुनायो।

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली : जहाँ पुगे त्यहीँ विवादित फैसला सोमबार, फागुन ९, २०७८

काठमाडौंमा आउनुभन्दा पहिला पर्साको न्यायाधीश हुँदा ओलीले गरेको फैसला पनि विवादित बनेको थियो। पर्सामा न्यायाधीश रहँदा ओलीले २०७६ जेठ ५ गते एउटा अंशसम्बन्धी मुद्दाको फैसला गरेका थिए। २०७४ चैत १५ गते मनोजकुमार अग्रवालले सुशीला गोयल अग्रवाललाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए। सुशीलाले पैतृक सम्पत्ति अपचलन गरेको आरोप मनोजकुमारको थियो। त्यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन थियो। मनोजकुमारले काठमाडौंमा मुद्दा दायर गरेको दुई सातापछि सुशीलाले मनोजकुमारसहित तीन जनालाई प्रतिवादी बनाएर पर्सा जिल्ला अदालतमा अंशचलनकै मुद्दा दायर गरिन्।   

एकै केसका दुई मुद्दा अदालतमा देखिसकेपछि एउटालाई मुल्तबीमा राख्नुपर्ने थियो। स्वाभाविक रुपमा काठमाडौंमा पहिल्यै यो मुद्दा रहेकाले पर्साको मुद्दा मुल्तबीमा पुग्थ्यो। तर, न्यायाधीश ओलीले मुल्तबीमा राख्नुपर्ने मुद्दा सुनुवाइमा लगेर फैसला नै सुनाए।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्