• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली: राजीनामा दिएर उम्कने दाउमा!

64x64
नारायण अधिकारी शुक्रबार, असार १०, २०७९  १७:५५
1140x725
न्यायाधीश बद्रीप्रसाद ओली (फाइल तस्बिर)

काठमाडौं– महाराजगञ्जमा रहेको ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका न्यायाधीश बद्रीप्रसाद ओली आफू फस्ने भएपछि राजीनामा दिएर उम्कने प्रयासमा लागेका पाइएको छ। 

सरकारको नाममा लालपूर्जा नै कायम रहेको महाराजगञ्जको ६ रोपनी जग्गा ओलीले सेटिङमा व्यक्तिको नाममा हत्याएको समाचार नेपाल लाइभले प्रकाशन गरेपछि उनी न्याय परिषद्‌को‌ ‘रडार’मा परेका थिए। त्यसपछि ओलीको बारेमा न्याय परिषद्‌ले सुक्ष्म रुपमा अनुसन्धान गर्दै उनलाई छानबिनमा तानेको थियो। 

दुई साता अघिमात्रै पत्र काट्दै सर्वोच्च तानेर न्याय परिषद्‌ले ओलीमाथि छानबिन अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। छानबिनमा तानिएपछि आफू फस्ने डरले ओलीले राजीनामा दिएर उम्कन खोजेको समेत पाइएको छ। 

‘छानबिन प्रक्रिया सुरु गरेपछि उहाँले राजीनामा दिन लागेको छु भन्नु भएको थियो। तर, हामीले छानबिनको क्रममै रहेकाले अहिले राजीनामा दिन नमिल्ने र दिए पनि छानबिन नसकी प्रक्रिया अघि नबढ्ने बताएपछि ‘ब्याक’ हुनुभएको हो,’ परिषद्‌का एक सदस्यले नेपाल लाइभसँग भने। 

यो पनि पढ्नुहोस्

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकारआइतबार, माघ ९, २०७८

न्यायाधीशले प्रधानन्यायाधीश समक्ष राजीनामा दिनुपर्ने हुन्छ। त्यसका लागि न्यायाधीश ओलीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर राजीनामा दिने तयारी गरे पनि कामु प्रधानन्यायाधीशले भेट नै नदिएपछि ओलीको राजीनामा दिएर उम्कने प्रयास असफल भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

न्यायाधीश ओली अवकाशमा जाने समय पनि थोरै भएकाले विवादबाट उम्कनका लागि उनले राजीनामा दिन खोजेको पाइएको छ। छानबिनको क्रममा दोषी ठहर भए बर्खास्तसम्म हुने र सेवासुविधा समेत गुम्ने खतरा बढेपछि ओली सुटुक्क राजीनामा थमाएर उम्कन खाजेका थिए। तर, त्यसमा प्रधानन्यायाधीश कार्की बाधक भएपछि उनको योजना सफल हुन पाएन। अहिले उनीमाथि परिषद्‌ले छानबिन गरिरहेको छ। 

महाराजगञ्जस्थित बाँसबारी माध्यमिक विद्यालय सँगैको ६ रोपनी जग्गा २०७८ असारसम्म सरकारको नाममा थियो। उक्त जग्गालाई जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश ओलीको इजलासले व्यक्तिको नाममा हुने फैसला गरेको थियो। त्यतिबेला कोभिड–१९ संक्रमण रोक्न निषेधाज्ञा लगाइएकाले अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द थिए। तर, लगाउ रहेको मुद्दा न्यायाधीश ओलीले कानुन विपरीत फुटाएर विपक्षीलाई जानकारी नै नदिइ सरकारी जग्गा व्यक्तिको नाममा रहने फैसला गरेका थिए। एकै घटनासँग सम्बन्धित दुई वा दुईभन्दा बढी मुद्दा भए त्यस्तालाई एक साथ हेर्न लगाउमा राखिन्छ। त्यस्ता मुद्दा फुटाएर हेर्न मिल्दैन। यो जग्गासम्बन्धमा दुई व्यक्ति र महानगरपालिकाले दायर गरेका मुद्दा लगाउमा थिए।

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’सोमबार, माघ ३, २०७८

यसमा न्यायाधीश ओली समेतको मिलेमतो हुनसक्ने भन्दै महानगरपालिकाले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मोहनबहादुर विष्टले उच्च अदालतमा दिएको निवेदनमा भनिएको छ– ‘सरकारी जग्गा संरक्षण गर्नुपर्ने दायित्व वडाको भएता पनि म वडाध्यक्षलाई यसबारेमा यथार्थ कुरा राखी मुद्दाको पुर्पक्ष गर्न पाउने अधिकारबाट बञ्चित गरिएको, कोभिड–१९ का कारण अतिआवश्यक बाहेकका अदालतका काम ठप्प भएका बेला बदनियतपूर्ण तरिकाले लगाउमा रहेका मुद्दा फुटाइ सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याउने फैसला न्यायाधीश बद्रीप्रसाद ओलीबाट भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अतिआवश्यक बाहेकका सेवा ठप्प रहेका बेला भू–माफियासँगको मिलेमतोमा न्यायाधीश ओलीले सरकारी जग्गा व्यक्ति विशेषको नाममा रहने फैसला गरेको दाबी जानकार स्रोतहरुको छ। ‘मेरो जग्गा होइन’ भनेर मालपोत कार्यालयमा निवेदन समेत दिएका व्यक्ति (हरिशरण सिंह ठकुरी र उनकी भाइ बुहारी ४६ वर्षीया काइली भन्ने जयन्ती शाह) कै जग्गा भएको भन्दै न्यायाधीश ओलीले विवादास्पद फैसला गरेका थिए। २४ वर्षसम्मको चलखेलपछि ‘भू–माफिया’ले न्यायाधीश ओलीसँगको ‘सेटिङ’मार्फत् सरकारी जग्गा हत्याएको दाबी महानगरपालिकाकाको छ। 

यसरी सरकारी जग्गा सेटिङमा व्यक्तिलाई दिएको पाइएपछि न्यायाधीश ओलीको फैसलाविरुद्ध काठमाडौं महानगरपालिका र मालपोत कार्यालय उच्च अदालत पुगेका थिए। उच्च अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधीन अवस्थामै रहेको छ। 

काठमाडौंमै रहँदा कर्णाली प्रदेशका तत्कालीन भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा खारेज गर्दै न्यायाधीश ओलीले नै उनलाई सफाइ दिएका थिए। २०७६ पुस २८ गते ओलीको इजलासले यो मुद्दामा मागदाबी नपुग्ने ठहर गरेको थियो। यो मुद्दामा पनि न्यायाधीश ओलीले आर्थिक चलखेल गरेर सफाइ दिएको आरोप लागेको थियो। 

ओली जहाँ पुग्यो त्यहीँ बद्नामी खेपेर फर्किने न्यायाधीश मध्येमा पर्छन्। काठमाडौंमा सरकारी जग्गा व्यक्तिलाई दिलाएर विवादास्पद बनेका ओलीको त्यसपछि जिल्ला अदालत रामेछापमा सरुवा भएको थियो। त्यहाँ पनि ओली विवादबाट बाहिर रहन सकेनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काठमाडौंबाट २०७८ साउनमा सरुवा भएर न्यायाधीश ओली रामेछाप पुगेका थिए। उनी रामेछाप पुगेपछि बलात्कार, शरीर बन्धक तथा अपहरण र ठगी मुद्दाका अभियुक्त रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले नै ‘आफ्नै पहल’मा न्यायाधीशको काज सरुवा मिलाएको बताएका थिए। उनको यस्तो भनाइपछि त्यसबेलै खड्काले उन्मुक्ति पाउनसक्ने आशंका व्यक्त भएको थियो। नभन्दै भयो पनि त्यही। तीन वटै मुद्दामा प्रमाण नपुग्ने भन्दै न्यायाधीश ओलीको इजलासले अध्यक्ष खड्कालाई सफाइ दिने फैसला सुनायो।

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली : जहाँ पुगे त्यहीँ विवादित फैसला सोमबार, फागुन ९, २०७८

काठमाडौंमा आउनुभन्दा पहिला पर्साको न्यायाधीश हुँदा ओलीले गरेको फैसला पनि विवादित बनेको थियो। पर्सामा न्यायाधीश रहँदा ओलीले २०७६ जेठ ५ गते एउटा अंशसम्बन्धी मुद्दाको फैसला गरेका थिए। २०७४ चैत १५ गते मनोजकुमार अग्रवालले सुशीला गोयल अग्रवाललाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए। सुशीलाले पैतृक सम्पत्ति अपचलन गरेको आरोप मनोजकुमारको थियो। त्यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन थियो। मनोजकुमारले काठमाडौंमा मुद्दा दायर गरेको दुई सातापछि सुशीलाले मनोजकुमारसहित तीन जनालाई प्रतिवादी बनाएर पर्सा जिल्ला अदालतमा अंशचलनकै मुद्दा दायर गरिन्।   

एकै केसका दुई मुद्दा अदालतमा देखिसकेपछि एउटालाई मुल्तबीमा राख्नुपर्ने थियो। स्वाभाविक रुपमा काठमाडौंमा पहिल्यै यो मुद्दा रहेकाले पर्साको मुद्दा मुल्तबीमा पुग्थ्यो। तर, न्यायाधीश ओलीले मुल्तबीमा राख्नुपर्ने मुद्दा सुनुवाइमा लगेर फैसला नै सुनाए।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्