• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली : जहाँ पुगे त्यहीँ विवादित फैसला 

64x64
नारायण अधिकारी सोमबार, फागुन ९, २०७८  १९:३१
1140x725

काठमाडौं– काठमाडौंको महाराजगञ्जस्थित ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका न्यायाधीश बद्रीप्रसाद ओलीको ‘ट्रयाक रेकर्ड’ अचम्मको देखिएको छ। उनी जुन अदालतमा पुगे, त्यहाँका फैसला पनि विवादित बन्ने गरेको देखिन्छ। महाराजगञ्जको सरकारी जग्गासम्बन्धी प्रकरण खोतल्दै जाँदा नेपाल लाइभले उनी संलग्न अरु विवादास्पद फैसलासमेत फेला पारेको छ। 

न्यायाधीश ओलीविरुद्ध पटक पटक न्याय परिषदमा उजुरी पनि परेका छन्। तीमध्ये कतिपय उजुरी अहिले पनि परिषद्मा विचाराधीन छन्। 

कानुन र नजिरविपरीत फैसला, मुल्तबीमा राख्नुपर्ने मुद्दा नै छाडेनन् 
न्यायाधीश ओली काठमाडौं अघि पर्सा जिल्ला अदालतमा कार्यरत थिए। पर्सामा रहँदा उनले यतिसम्म विवादित फैसला गरे कि ती फैसला मुलुकी देवानी संहिता र सर्वोच्च अदालतबाटै प्रतिपादित नजिरको समेत विपरीत थिए। तर, त्यति हुँदा पनि उनले कुनै कारबाही भोग्नु परेन।

बरु, उल्टै उनी ‘पुरस्कृत’ भए। विवादास्पद फैसला गरको भन्दै उनलाई कारबाहीको माग गर्दै न्याय परिषद्सम्म उजुरी परे पनि उनीमाथि कुनै ‘एक्सन’ लिइएन। बरु पर्साबाट उनी काठमाडौं जिल्ला अदालतको न्यायाधीशमा सरुवा भए। 

काठमाडौंमा हुँदा न्यायाधीश ओलीले सरकारको नाममा रहेको महाराजगञ्जको ६ रोपनी जग्गा व्यक्तिको नाममा हुने फैसला गरे। तर, काठमाडौंपछि फेरि उनको सरुवा रामेछाप भयो। रामेछापमा रहँदा उनले लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कामाथि लागेको जबरजस्ती करणी, ठगी र शरीर बन्धक तथा अपहरणको कसुरबाट सफाइ दिने फैसला सुनाए। उनको यो फैसला निकै विवादित बन्यो। 

पर्सामा न्यायाधीश रहँदा ओलीले मुलुकी देवानी संहिता २०७४ र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत गरेको एउटा फैसला हेरौं। त्यहाँ २०७६ जेठ ५ गते उनले एउटा अंशसम्बन्धी मुद्दाको फैसला गरेका थिए। २०७४ चैत १५ गते मनोजकुमार अग्रवालले सुशीला गोयल अग्रवाललाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए। सुशीलाले पैतृक सम्पत्ति अपचलन गरेको आरोप मनोजकुमारको थियो। त्यो मुद्दा काठमाडौं जिल्ला अदालतमा बिचाराधीन थियो। मनोजकुमारले काठमाडौंमा मुद्दा दायर गरेको दुई सातापछि सुशीलाले मनोजकुमारसहित तीन जनालाई प्रतिवादी बनाएर पर्सा जिल्ला अदालतमा अंशचलनकै मुद्दा दायर गरिन्। 

एकै केसका दुई मुद्दा अदालतमा देखिसकेपछि एउटालाई मुल्तबीमा राख्नुपर्ने थियो। स्वाभाविक रुपमा काठमाडौंमा पहिल्यै यो मुद्दा रहेकाले पर्साको मुद्दा मुल्तबीमा पुग्थ्यो। तर, न्यायाधीश ओलीले मुल्तबीमा राख्नुपर्ने मुद्दा सुनुवाइमा लगेर फैसला नै सुनाए। एउटै प्रकृतिको मुद्दा एकभन्दा बढी अदालतमा दायर भएको अवस्थामा पहिले दर्ता भएको मुद्दा टुंगा नलागी अर्को फैसला गर्न नमिल्ने उल्लेख मुलुकी देवानी कार्यविधि संहिता २०७४ मा उल्लेख छ। संहिताको दफा २०१ को उपदफा १ मा लेखिएको छ, ‘विभिन्न अदालतमा दायर भई विचाराधीन रहेका मुद्दाहरूमध्ये कुनै एक अदालतमा रहेको मुद्दाको किनारा नभई अर्को अदालतमा रहेको मुद्दा किनारा हुन नसक्ने वा गर्न नहुने भएमा, कुनै एउटा मुद्दाको किनारा गर्दा अर्को मुद्दाको निर्णयमा तात्विक असर पर्ने कारण देखाई मुद्दाको कुनै पक्षले निवेदन दिएमा वा मुद्दाको कारबाही वा सुनुवाईको सिलसिलामा कुनै मुद्दा मुल्तबी राख्न आवश्यक देखिएमा अदालतले त्यसको कारण खुलाई त्यस्तो मुद्दा मुल्तबी राख्ने आदेश दिन सक्नेछ।’ 

पर्सामा प्रतिवादी बनाइएका व्यक्तिले काठमाडौंमा आफैले पहिला मुद्दा दर्ता भएकोले पर्सामा दायर मुद्दा मुल्तबीमा राख्न निवेदन दिँदासमेत न्यायाधीश ओलीले फैसला गरेका थिए। अर्को, अंश मुद्दामा वादी वा प्रतिवादीका सम्पत्ति जुन जिल्लामा छन्, सोही जिल्लामा मुद्दा दर्ता हुनुपर्ने प्रावधान छ। उनीहरुको सम्पत्ति काठमाडौंमा पनि रहेको र जेठो मुद्दा काठमाडौंकै भएकाले काठमाडौं जिल्ला अदालतबाटै उक्त मुद्दाको टुंगा लाग्नुपर्ने थियो। तर, न्यायाधीश ओलीले त्यसतर्फ विचार गर्न आवश्यक ठानेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

व्यक्तिले हत्याएको महाराजगञ्जको सरकारी जग्गा : १९ वर्षअघि विद्यालयलाई दिइएको थियो भोगाधिकारआइतबार, माघ ९, २०७८

अझ अनौठो त फैसलामा वादीको सम्पत्ति भाग नलाग्ने, प्रतिवादीको सम्पत्ति मात्रै भाग लाग्ने आदेश दिइएको थियो। वादी सुशीलाको सम्पत्ति मुत्यु भइसकेका उनका श्रीमान् मनिषकुमारले कमाएकाले त्यसमा भाग नलाग्ने र प्रतिवादी मनोजकुमार लगायतले कमाएको सम्पत्ति पैतृक सम्पत्ति भएकाले ४ भाग लगाउने आदेश फैसलामा दिइएको थियो। जबकि देवानी संहिताको दफा २०६ ले प्रत्येक अंशियार अंश हकको समान हकदार हुने उल्लेख गरेको छ।

आर्थिक लेनदेन गरेर न्यायाधीश ओलीले त्रुटिपूर्ण फैसला गरेको भन्दै मनोजकुमारलगायतले न्याय परिषद्मा उजुरी गरेका थिए। उनलाई छानविन गरी निलम्वन गर्नसमेत उजुरीमा माग गरिएको थियो। तर, त्यो उजुरीउपर अहिलेसम्म कुनै कारबाही भएको छैन। 

काठमाडौं आएपछि ६ रोपनी सरकारी जग्गा व्यक्तिलाई
पर्सामा विवादित फैसला गरेपछि ओलीलाई न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतको न्यायाधीशमा सरुवा गरेको थियो। २०७६ साउनमा सरुवा भएर काठमाडौं आएका उनले महाराजगञ्जस्थित ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला सुनाए। 
महाराजगञ्जस्थित बाँसबारी माध्यमिक विद्यालयसँगैको ६ रोपनी जग्गा २०७८ असारसम्म सरकारको नाममा थियो। उक्त जग्गालाई न्यायाधीश ओलीको इजलासले व्यक्तिको नाममा हुने फैसला गरेको थियो। त्यतिबेला कोभिड–१९ संक्रमण रोक्न निषेधाज्ञा लगाइएकाले अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द थिए। तर, लगाउ रहेको मुद्दा न्यायाधीश ओलीले कानुनविपरीत फुटाएर विपक्षीलाई जानकारी नै नदिई सरकारी जग्गा व्यक्तिको नाममा रहने फैसला गरेका थिए। एकै घटनासँग सम्बन्धित दुई वा दुईभन्दा बढी मुद्दा भए त्यस्तालाई एक साथ हेर्न लगाउमा राखिन्छ। त्यस्ता मुद्दा फुटाएर हेर्न मिल्दैन। यो जग्गासम्बन्धमा दुई व्यक्ति र महानगरपालिकाले दायर गरेका मुद्दा लगाउमा थिए।

यसमा न्यायाधीश ओलीसमेतको मिलेमतो हुनसक्ने भन्दै महानगरपालिकाले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहनबहादुर विष्टले उच्च अदालतमा दिएको निवेदनमा भनिएको छ– ‘सरकारी जग्गा संरक्षण गर्नुपर्ने दायित्व वडाको भएता पनि म वडाध्यक्षलाई यसबारेमा यथार्थ कुरा राखी मुद्दाको पुर्पक्ष गर्न पाउने अधिकारबाट बञ्चित गरिएको, कोभिड–१९ का कारण अतिआवश्यक बाहेकका अदालतका काम ठप्प भएका बेला बदनियतपूर्ण तरिकाले लगाउमा रहेका मुद्दा फुटाइ सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याउने फैसला न्यायाधीश बद्रीप्रसाद ओलीबाट भएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अतिआवश्यक बाहेकका सेवा ठप्प रहेका बेला भू–माफियासँगको मिलेमतोमा न्यायाधीश ओलीले सरकारी जग्गा व्यक्ति विशेषको नाममा रहने फैसला गरेको दाबी जानकार स्रोतहरु गर्छन्। ‘मेरो जग्गा होइन’ भनेर मालपोत कार्यालयमा निवेदनसमेत दिएका व्यक्ति (हरिशरण सिंह ठकुरी र उनकी भाइ बुहारी ४६ वर्षीया काइली भन्ने जयन्ती शाह) कै जग्गा भएको भन्दै न्यायाधीश ओलीले विवादास्पद फैसला गरेका थिए। २४ वर्षसम्मको चलखेलपछि ‘भू–माफिया’ले न्यायाधीश ओलीसँगको ‘सेटिङ’मार्फत् सरकारी जग्गा हत्याएको दाबी महानगरपालिकाकाको छ। 

अपहरणदेखि बलात्कारसम्मका अभियुक्तलाई ‘सेटिङ’मा उन्मुक्ति दिएको आरोप
गत साउनमा न्याय परिषदले तीन जिल्ला न्यायाधीशको काज सरुवा गरेको थियो। न्यायाधीश मोहन भट्टराईलाई रामेछाप जिल्ला अदालतबाट काभ्रे पठाइयो भने काभ्रेका भीष्म प्रसाईंलाई धनुषालाई पठाइएको थियो। काठमाडौं जिल्ला अदालतबाट बद्रीप्रसाद ओलीलाई रामेछाप लगियो। उनी रामेछाप पुगेपछि बलात्कार, शरीर बन्धक तथा अपहरण र ठगी मुद्दाका अभियुक्त रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले नै ‘आफ्नै पहल’मा न्यायाधीशको काज सरुवा मिलाएको बताएका थिए। उनको यस्तो भनाइपछि त्यसबेलै खड्काले उन्मुक्ति पाउनसक्ने आशंका व्यक्त भएका थिए।नभन्दै भयो पनि त्यही। तीन वटै मुद्दामा प्रमाण नपुग्ने भन्दै न्यायाधीश ओलीको इजलासले अध्यक्ष खड्कालाई सफाइ दिने फैसला सुनायो।

खड्काले ७९ वर्षीय वृद्ध शेरबहादुर खड्काको नाममा रहेको २१ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गर्ने भन्दै झुक्याएर आफ्नी साली नाता पर्ने सुनिता गुरुङको नाममा पास गराएको अभियोग लागेको थियो। झुक्याएर ठगी गरेको भन्दै २०७७ भदौ २२ गते खड्काविरुद्ध मुद्दा दायर भएको थियो। खड्का र उनकी साली गुरुङलाई क्रमशः ५० लाख र ५ लाख धरौटीमा रिहा गर्न अदालतले त्यसअघि २०७७ असोज ९ र २०७७ साउन २७ मा आदेश दिएको थियो। 

दर्पण घिसिङलाई अपहरण गरी बन्धक बनाएको घटनामा २०७७ असोज ९ गते नै अध्यक्ष खड्कालाई २ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत रामेछापले आदेश दिएको थियो। आफ्नै कर्मचारीलाई बलात्कार गरेको घटनामा भने खड्कालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो। तर, उच्च अदालत पाटनले खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यी तीन वटै मुद्दा रामेछाप जिल्ला अदालतमा बिचाराधीन थिए।

यो पनि पढ्नुहोस्

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’सोमबार, माघ ३, २०७८

काठमाडौंबाट न्यायाधीश ओली रामेछाप गएको भोलिपल्टै अध्यक्ष खड्काकी साली नाता पर्ने गुरुङ अदालतमा हाजिर भइन्। त्यसपछि उनीहरुको मुद्दामा ओलीले निरन्तर पेसी तोक्न थाले। र, न्यायाधीश ओलीकै इजलासले तीन वटै मुद्दामा खड्कालाई सफाइ दिने फैसला सुनायो। उनले खड्कामाथि लागेको शरीर बन्धक तथा अपहरण र जबरजस्ती करणी मुद्दामा गत कात्तिक ९ गते र ठगी मुद्दामा गत पुस २२ गते फैसला गर्दै सफाइ पाउने निर्णय सुनाएका थिए। तीनवटै अभियोगमा दाबी नपुग्ने उनको जिकिर थियो। 

किर्ते गरेका कर्णाली प्रदेशका मन्त्रीलाई पनि उन्मुक्ति 
कर्णाली प्रदेशका तत्कालीन भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा खारेज गर्दै न्यायाधीश ओलीले नै उनलाई सफाइ दिएका थिए। २०७६ पुस २८ गते ओलीको इजलासले यो मुद्दामा माग दाबी नपुग्ने ठहर गरेको थियो। 

कृषि विकास बैंक लिमिटेडको मुख्य शाखा कार्यालय रत्नपार्क, काठमाडौंका कायममुकायम शाखा प्रबन्धक गोकुलप्रसाद पनेरुको जाहेरीमा सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको आरोपमा पूर्वमन्त्री खत्रीसहित ५ जनाविरुद्ध मुद्दा परेको थियो। खत्री संलग्न रहेको निर्माण कम्पनीले एक करोड १० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्टी बनाउँदा बैंकको नक्कली छाप, लेटरप्याड र अन्य कागजात किर्ते गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। 

खत्रीसहित बैंकका अधिकृत छविलाल ढकाल, रणधीर सुब्बा, देवजंग शाही र रामप्रसाद श्रेष्ठविरुद्धको अभियोगमा बैंक ग्यारेण्टी बनाउँदा लेटर प्याड, छाप र अन्य कागजात नक्कली बनाएको दाबी गरिएको थियो। 

दाबी अनुसारको प्रमाण नपुगेको भन्दै यो मुद्दा खारेज गरेर खत्रीलाई सफाइ दिँदा पनि न्यायाधीश ओलीमाथि आर्थिक चलखेल गरेको आरोप लागेको थियो। यो फैसलालाई लिएर उनीविरुद्ध न्याय परिषद्सम्म उजुरी पुग्यो। त्यसअघि नै दुईवटा उजुरी रहेका ओलीविरुद्ध परिषद्मा योसहित तेस्रो उजुरी परेको थियो। जिल्ला अदालतमा किर्तेसम्बन्धी मुद्दा खारेज भए पनि बैकिङ कसुरसम्बन्धी सोही मुद्दा उच्च अदालतमा भने विचाराधीन थियो । तर, बैकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ आदेश जारी गर्‍यो। 

उच्च अदालतको यस्तो आदेशपछि मन्त्री खत्री फरार भए। २०७६ साउन २८ गते उच्च अदालतले खत्रीलाई पक्राउ गर्न आदेश जारी गर्‍यो। न्यायाधीश ओलीले सफाइ दिएको मुद्दा उच्च अदालतले ब्युँताएपछि न्याय परिषदले उनलाई सरुवा गर्‍यो। 

यो पनि पढ्नुहोस्

कीर्ते बैंक ग्यारेन्टी बनाउन प्रदेशमन्त्री नै संलग्न

उच्च अदालत पाटनको वाणिज्य इजलासले पूर्वमन्त्री खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो। यो फैसलापछि ओलीको फैसला झन विवादित बनेको थियो। 

ओली २०७० जेठ २७ गते तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा जिल्ला न्यायाधीश बनेका थिए। उनले आफूलाई भने नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीनिकट भनेर चिनाउने गर्छन्। न्यायाधीश बन्नुअघि उनी सरकारी वकिल थिए। तर, उनीसरकारी वकिल हुँदा नै धेरै विवादित बनेपछि धेरै जिम्मेवारी खोसिएको थियो। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्