काठमाडौं– वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई नेपाल वायुसेवा निगमको अस्थायी महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट उनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो।
कर्मचारीमाथि यौन दुर्व्यवहारकाे आरोप लागेपछि तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरिएको छ। हाल कार्यकारी अध्यक्ष र महाप्रवन्धक दुवै पद रिक्त थियो।
क्याप्टेन ज्वारचनलाई दुवै पदको नेतृत्व सम्हाल्नेगरी जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्षदेखि निगमको व्यवस्थापकीय भूमिकामा समेत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।