काठमाडौं– दक्षिण भारतीय फिल्म क्षेत्रकी ‘लेडी सुपरस्टार’ नयनतारा र निर्देशक विग्नेश सिवनले ९ जुनमा विवाह गरेका छन्। दुईले भारतको चेन्नईस्थित महाबलीपुरममा रहेको एक रिसोर्टमा विवाह गरेका हुन्।
नयनतारा दक्षिण भारतीय फिल्मकी सबैभन्दा महंगो पारिश्रमिक लिनेमध्येकी अभिनेत्री हुन्। नयनताराको विवाहपछि उनका श्रीमान निर्देशक विग्नेशभन्दा उनले बढि पारिश्रमिक लिने खुलेको छ। विवाहपछि नयनतारा आफ्नो श्रीमानलेभन्दा धेरै आम्दानी गर्ने कलाकारको सुचिमा पनि परेकी छिन्।
मिडिया रिपोर्टका अनुसार नयनताराको नेटवर्थ करिब १६५ करोड भारतीय रुपैयाँ छ। यसको अर्थ उनको कूल सम्पत्तीको यो रकम बराबरको छ। सँगै उनले एक फिल्ममा अभिनय गरेको करिब ३ देखि ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन्। सँगै नयनतारा विभिन्न कम्पनीका ब्राण्ड एम्बेसडर पनि हुन्, जसमा भारतका चर्चित गहना कम्पनीहरु पनि रहेका छन्।
नयनतारा विभिन्न विज्ञापनमा पनि देखिन्छिन्, जसबाट उनको राम्रो पारिश्रमिक हुन्छ। भारतीय सञ्चारमाध्यमकाअनुसार उनले ५० सेकेण्डको विज्ञापनमा काम गर्दा ५ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन्।
यता उनका श्रीमान विग्नेश सिवनको कुल सम्पत्ति भने ५० करोड रुपैयाँको छ। उनी निर्देशकको रुपमा एक फिल्ममा काम गरेमा करिब १ देखि ३ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन्। सँगै उनी गीतकार पनि हुन्। उनले एक गीत लेखेको १ देखि ३ लाखसम्म पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नयनतारा र विग्नेशले ६ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए, जुन यहि वर्ष जुनमा विवाहमा परिणत भयो। हाल नयनतारा शाहरुख खानको फिल्म ‘जवान’मा काम गरिरहेकी छिन्। यता विग्नेश भने दक्षिण भारतीय कलाकार अजित कुमारको फिल्म ‘एके ६२’लाई निर्देशन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।