• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
न्यायाधीश घुस प्रकरण : न्यायालयमाथि फेरि प्रश्न 
64x64
दुर्गा दुलाल बुधबार, असार ८, २०७९  २०:१४
1140x725

काठमाडौं–व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेन प्रकरणमा न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ। परिषद सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश  महेश  पुडासैनी र सोही अदालतका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेको छानबिन समिति गठन  गरिएकाे छ। 

परिषद्ले आरोपित न्यायाधीश कोइरालालाई काम गर्नबाट वञ्चित गराउने निर्णय पनि गरेको छ। 

उक्त प्रकरणमा घुसको प्रस्ताव गरेका अधिवक्ता एवं नेपाल बार एशोसियसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेललाई पनि कानुन व्यवसायीहरुको नियामक संस्था बार काउन्सिलले म्याद जारी गर्ने निर्णय गरेको छ। 

योसँगै नेपालको न्यायीक इतिहासमा दोस्रो पटक न्यायाधीशको घुस लेनदेन प्रकरण सार्वजनिक भएको छ। तत्कालीन प्रधानन्यायाधीश दिलिपकुमार पौडेल (२०६२/०४/१७–२०६४/०५/२२)मा हिमाल खबर पत्रिकाले अडियो सार्वजनिक गरेको थियो।  दोस्रो पटक मंगलबार ‘न्यूज २४’ ले अडियो सार्वजनिक गरेको हो। 

योसँगै न्यायालयमा हुने भ्रष्टाचारमा फेरि एक पटक प्रश्न उठेको छ। विगतमा पनि अदालतमा हुने भ्रष्टाचारका बारेमा सार्वजनिक प्रश्न उठ्ने गरेका थिए। पछिल्लो पटक प्रधानन्यायाधीश रहेका चोलेन्द्रशमशेर राणाविरुद्ध आफ्नै सहकर्मीसमेत आन्दोलनमा उत्रिएका थिए। न्यायाधीशहरुले ४० दिनसम्म राणाको राजीनामा माग गर्दै आन्दोलन गरेका थिए। 

सर्वोच्च अदालतमा भ्रष्टाचार हुने कुरा ६० को दशकदेखि चर्चामा रहने गरेको छ। गत कात्तिक ७ गतेदेखि न्यायाधीशहरु आफ्नै प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रेका थिए। उनीहरुले राणा न्यायीक विचलनमा परेको, कार्यकारीसँग मोलमोलाई गरेको, आफन्तहरुबाट विचौलिया गराएको र भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

कात्तिक ११ गतेदेखि नेपाल बार एशोसियसन पनि आन्दोलनमा उएिको थियो। बारले एक सय दिनभन्दा लामो समय आन्दोलन गरेको थियो। आन्दोलनपछि फागुन १ गते राणाविरुद्ध महाअभियोग दर्ता भएको थियो। राणामाथि संघीय संसद्का ९८ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। 

तत्कालीन कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको अगुवाइमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर सांसदहरुले प्रस्ताव दर्ता गराएका थिए। राणामाथि संसदले २१ बुँदे आरोप लगाएको थियो। उक्त महाअभियोगमाथि छानबिनका लागि फागुन ११ मा समिति पनि गठन भएको थियो। तर उक्त महाअभियोग संसदमा विचाराधीन छ। 

Ncell 2
Ncell 2

कसरी बाहिरियो अडियो ?
पहिलो संविधान सभामा एमालेका तर्फबाट सदस्य रहेका इच्छाराज तामाङ सिभिल सहकारी र सिभिल होम्समा सर्वसाधारणको पैसा हिनामिना गरेपछि पक्राउ परेका थिए। लामो समय उक्त मुद्दा रोक्ने कार्य सरकारी वकिलका तर्फबाट भएको थियो। मुद्दा रोकेको आरोप तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेलमाथि नै लागेको थियो। तर उक्त कुरा प्रमाणित हुन सकेन।

पछि सरकारी वकिलको कार्यालयले इच्छाराज तामाङसहित उक्त रकमको डिल भने २०७८ पुसमा भएको थियो। सिभिल सहकारीका निक्षेपकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा इच्छाराज तामाङविरुद्ध पाँच अर्ब ६३ करोडको विगो दावीसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलमार्फत् जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा थुनछेक बहस चलिरहँदा  काननु व्यवसायी र न्यायाधीशका बीचमा कुराकानी भएको थियो। 

२०७८ पुस १४ गते  तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।  यो कुराकानी त्यसको केही दिनअघि भएको थियो। 

कानुन व्यवसायी पोखरेलले कुराकानी पक्षसँग पैसाको डिल गर्नका लागि गरेका थिए। उनले आफ्नो पक्षलाई आश्वस्त पार्नका लागि  मोबाइलबाट  कुराकानी गरेका थिए भने त्यसको रेकर्ड पक्षलाई पनि उपलव्ध गराएका थिए।  उनले तत्कालीन समयमा २ करोड न्यायाधीशलाई दिने र तत्कालीन प्रधानन्यायाधीश राणालाई पनि केही हिस्सा दिनुपर्ने कुरा पक्षलाई गरेका थिए। उनीहरुको डिल अनुसार पक्षले पैसा पनि दिएको तर अदालतले आदेश भने विपक्षमा रहेपछि समस्या सुरु भएको थियो। यही विवाद अडियो सार्वजनिकसम्म पुगेको  हो।  

कामु प्रधानन्यायाधीश कार्की भन्छन्–कसैलाई पनि उन्मुक्ति हुँदैन, गम्भीर रुपमा लिएको छु 
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूले यो प्रकरणलाई गम्भीर रुपमा लिएको बताएका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले संलग्न पाइएमा आफूले कसैलाई पनि उन्मुक्ति नदिने बताए।

उनले न्यायालय शुद्धीकरणको अभियान सुरु भएकाले आफूले यसलाई टुङ्गोमा पु¥याउने बताए। अडियो सार्वजनिक भएलगत्तै पहिलो पटक आकस्मिक वैठक बोलाएर छानबिन सुरु गरिएकाले यसलाई कति गम्भीर रुपमा लिएको हो भन्ने यसबाटै देखिने उनले बताए। कार्कीले न्यायपरिषद र विगतको नेतृत्वसमेत यो विवादमा तानिएकाले उनीमाथि पनि छानबिनका लागि सम्वन्धित निकायले लेखेर पठाउने बताए।  

सम्बन्धित समाचार

न्याय परिषद्को गोप्य प्रतिवेदन : जसले उच्च अदालतमा सिफारिस भएका ५ न्यायाधीशबारे यस्तो भनेको थियो 

झन् एक्लिए प्रधानन्यायाधीश राणा : महान्यायाधिवक्ताले नै वार्षिकोत्सवमा बोलाएनन्, न्यायसेवा आयोगमै ‘निरीह’

फेसबुकको कमेन्टले न्यायाधीशलाई पुर्‍यायो डोल्पा 

के गर्दैछन् महाभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश राणा?


 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्... मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । मंगलबार, असोज २१, २०८२
विपद्‍मा सरकारको तत्परता र समर्पण उल्लेखनीय : रास्वपा दसैँ पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारह... सोमबार, असोज २०, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्