• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फेसबुकको कमेन्टले न्यायाधीशलाई पुर्‍यायो डोल्पा 

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  १३:४५
1140x725

काठमाडौं– भदौ १५ गते उच्च अदालतका पूर्व मुख्य न्यायाधीश केशरीराज पण्डितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे। हाल मेलमिलाप परिषद्‌को विज्ञ  रहेका पण्डितले वर्तमान न्यायालयको अवस्था दर्शाउने गरी लेखेका थिए-  चौर्यतन्त्र भित्रको न्यायपालिका वा न्यायालयभित्रको चौर्यतन्त्र वा दुवै? खै के खै के!

भदौ १३ गते शुक्रबार नागरिक दैनिक पत्रिकामा छापिएको एक लेखलाई आधार मानेर पण्डितले गरेको उक्त टिप्पणीले अन्तत: एक जिल्ला न्यायाधीशलाई डोल्पा पुर्‍याएको पाइएको छ। 

पूर्व मुख्य न्यायाधीशले लेखेको उक्त टिप्पणीपछि न्यायालय क्षेत्रका धेरै व्यक्तिहरुको प्रतिक्रिया आयो। सर्वोच्च, उच्च र जिल्ला अदालतमा कार्यरत न्यायाधीश, पूर्वन्यायाधीश र अन्य कानुनका सरोकारवालाहरुले कमेन्ट गरे। 

त्यही स्टाटसमा जिल्ला न्यायाधीश नारीश्वर भण्डारीले पनि टिप्पणी गरेका थिए। उनीभन्दा माथि सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको टिप्पणी थियो।

भण्डारीले लेखेका थिए- ‘मोरङमा पनि यो शब्दले चर्चा पायो। निष्कर्ष भने चोरयन्त्र पो निस्कियो त। अझै पनि खै के खै के।  

सर्वोच्चका न्यायाधीश खतिवडाले त्यसैमा लेखे- ‘कमै प्रचलनमा आउने शब्द ‘चौर्यतन्त्र’को अर्थ कनिकुथी गरेर अलिअलि बुझियो। अन्तर्यमा लाग्ने अर्थ गहिरो रहेछ जस्तो लाग्यो। अरु अहिले खै के भनौं!!’

डेढ महिना नपुग्दै डोल्पा 
साउन २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपरिषद्‌को अनुमतिमा उच्चका ७८ र जिल्लाका १ सय ५६ गरी २ सय ३४ न्यायाधीशहरुको सरुवा गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई वर्ष पुगेका र अन्य गरी २ सय ३४ न्यायाधीशको एकैपल्ट सरुवा भएको थियो। सोही समयमा रुपन्देही जिल्ला अदालतबाट सरुवा भई मोरङ जिल्ला अदालत पुगेका न्यायाधीश नारीश्वर भण्डारी यही फेसबुकको कमेन्टका कारण सोमबार डोल्पा जिल्ला अदालतमा काज सरुवा भएका छन्।

जिल्ला अदालत गएको डेढ महिना नपुग्दै उनी कम मुद्दा भएको डोल्पा जिल्ला अदालत सरुवा भएका हुन्। प्रधानन्यायाधीश र न्यायालयलाई लक्षित गर्ने गरी ‘चोरयन्त्र’ लेखेको पाइएपछि कारबाही स्वरुप उनलाई सरुवा गरिएको हो। हरेक दुई वर्षमा सरुवा हुने भए पनि अवधि नै नपुगी उनलाई डोल्पा पुर्‍याइएको हो।

तर, उनी फेसबुकको कमेन्टकै आधारमा डोल्पा पुगेका हुन्। विकट हिमाली र पहाडी जिल्लामा अवधि नभई सरुवा हुनुलाई न्यायिक क्षेत्रका कारबाहीको रुपमा बुझ्ने गरिन्छ। 

जिल्ला न्यायाधीश भण्डारीलाई डोल्पा लगेपछि त्यहाँ रहेका न्यायाधीश बाबुकाजी बानियाँलाई कैलाली काज सरुवा गरिएको छ। 

को हुन् पण्डित?  
केशरीराज पण्डित उच्च अदालत पाटनको मुख्य न्यायाधीशबाट अवकाशप्राप्त व्यक्ति हुन्। केही समयअघि मात्र उलने राष्ट्रिय न्यायिक प्रतिष्ठानको निर्देशकबाट अवकाश लिइसकेका छन्।

हाल प्रतिष्ठानमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर रहेका छन्। पण्डित भने हाल सर्वाेच्च अदालतकाे मेलमिलाप परिषद्‍को विज्ञको हैसियतमा छन्। तर, उनले सामाजिक सञ्जालमा प्रतिष्ठानकै कार्यकारी निर्देशक भनेर उल्लेख गरेका छन्। यसरी बहाल नरहेको पद उल्लेख गर्नु कानुनसम्मत राम्रो मानिँदैन।

उक्त स्टाटसमा न्यायाधीश खतिवडाको जवाफमा पण्डितले क्लेप्टोक्रेसी को पनि जवाफ दिएका छन्। क्लेप्टोक्रेसी भन्नाले चाेरहरुकाे शासन  भन्ने अर्थ लाग्छ। अवकाशपछी पेन्सन खादै सर्वाेच्चकाे मेलमिलाप परिषदकाे अध्यक्ष वापतकाे तलव वुझ्दै अाएका उनीमाथी छानविन नहुने तर कमेन्ट गरेकै अाधारमा न्यायाधीशकाे काज सरुवा हुने अमिल्दाे निर्णय भएकाे टिप्पणी हुने गरेकाे छ ।

सर्वोच्च अदालतको नेतृत्वमा अझै पनि भ्रष्टहरु नै भएको अर्थमा लेखेको भन्दै प्रधानन्यायाधीशले भण्डारीलाई सरुवा गरेको हुन सक्ने न्यायपालिकामा चर्चा छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्