complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के गर्दैछन् महाभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश राणा?

64x64
दुर्गा दुलाल बुधबार, चैत १६, २०७८  १०:०६
1140x725

काठमाडौं– तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध २०७४ वैशाख १७ गते अचानक महाभियोग दर्ता भएपछि त्यसविरुद्ध रिट परेको थियो। उक्त रिटको सुनुवाइ गर्दै वैशाख २२ गते तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले कार्कीलाई अदालत फर्किने बाटो खोलिदिएका थिए। उनले कार्कीविरुद्धको महाभियोग तत्काललाई रोक्न अन्तरिम आदेश जारी गरेका थिए।

२०७४ वैशाख १७ गते नेपालको पहिलो महिला प्रधानन्यायाधीश भएकी कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले महाभियोग दर्ता गरेका थिए। राणाको आदेशपछि कार्की सर्वोच्च फर्किन पाइन्। यसरी कार्कीलाई जोगाउने उनै राणा अहिले महाभियोग लागेर प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका छन्। राणाविरुद्ध पनि कांग्रेस र माओवादी केन्द्रका सांसदले नै महाभियोग दर्ता गरेका हुन्।

नेपालको न्यायिक इतिहासमा महाअभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा पर्ने कार्कीपछि राणा दोस्रो प्रधानन्यायाधीश हुन्। कार्की १० दिन निलम्बनमा परेकी थिइन्। राणा भने निलम्बनमा परेको ४० दिनभन्दा बढी भइसकेको छ। गएको फागुन १ गते राणाविरुद्ध महाभियोग दर्ता भएको थियो। त्यसपछि राणा बालुवाटारस्थित सरकारी निवासमै बस्दै आएका छन्। 

महाभियोगको प्रस्ताव दर्ता भएपछि त्यसबारे छानबिन गर्न प्रतिनिधिसभाले समिति गठन गरेको छ। तर, लगत्तै सरकारले संसदको अधिवेशन अन्त्य गरेकाले महाभियोगको प्रस्तावमाथि छलफल हुने सम्भावना टरेको छ। सरकारले संसदको अबको अधिवेशन बजेट ल्याउनुभन्दा केही साताअघि मात्र बोलाउने हुँदा महाभियोगमाथि छलफल नहुने संभावना छैन।

प्रधानन्यायाधीश राणाको कार्यकाल आगामी मंसिरसम्म छ। उनले उमेर हदका कारण मंसिर २८ गते अनिवार्य अवकाश पाउने छन्। जेठमा संसद बैठक बसेर महाभियोग पारित हुन नसके आफू ६ महिनाका लागि फेरी सर्वोच्च फर्कन सक्ने अनुमानका साथ राणा सरकारी निवास बालुवाटारमा प्रतीक्षारत् छन्।

राणाको बालुवाटार मोह!
निलम्बित प्रधानन्यायाधीश राणा स्वाभाविकभन्दा केही समयअघि नै प्रधानन्यायाधीश नियुक्त हुन सफल भएका थिए। प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुुनवाइ समितिले अस्वीकृत गरेको थियो। २०७४ चैत १ गतेपछि प्रधानन्यायाधीश हुनुपर्ने जोशी अस्वीकृत भएपछि ओमप्रकाश मिश्र छोटो समयका लागि प्रधानन्यायाधीश भए। मिश्र २०७५ भदौ २५ देखि पुस १७ गतेसम्म प्रधानन्यायाधीशका रूपमा कार्यरत रहे।

जोशी प्रधानन्यायाधीश भएको भए उनको कार्यकाल १० महिनाको हुने थियो। मिश्रले त्यसभन्दा अघि नै अनिवार्य अवकाश पाएपछि राणा २०७५ पुस १७ गते प्रधानन्यायाधीशमा नियुक्त भए। 

नियमित समयभन्दा अगावै सर्वोच्च छिरेका राणाको कार्यकाल भने उतारचढावमय बन्यो। सर्वोच्चमा राजनीति घुसाएको आरोप खेपेका उनी निलम्बनपछि पनि प्रधानन्यायाधीश निवास बालुवाटार बसेर ‘चलखेल’ गरिरहेको सर्वोच्चका न्ययाधीशहरूकै आरोप छ। ‘निलम्बनमा हुँदा पनि सरकारी सेवा सुविधा लिएर बालुवाटार निवासमै बस्नु अनैतिकता हो,’ सर्वोच्चका एक न्यायाधीशले भने ‘महाभियोग टुङ्गो लागेपछि फर्कने अवस्थामा फेरि आउन सकिन्छ, अहिले सरकारी सम्पत्तिको दुरुपयोग भएको छ।’ उनीमाथि भ्रष्टाचारको आरोप लागेको र महाभियोग पनि दर्ता भएको अवस्थामा यसको किनारा नलागेसम्म बालुवाटारमा बस्न नमिल्ने वरिष्ठ अधिवक्ताहरूसमेत बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी भने निवास छोड्ने विषय राणा आफैंमा भर पर्ने बताउँछन्। महाभियोग लागेपछि प्रधानन्यायाधीशले सरकारी निवास खाली गर्नुपर्ने विषय कानुनमा उल्लेख नभएको र फेरि फर्कनसक्ने संभावना देखेर बालुवाटार बसेको हुनसक्ने उनको भनाइ छ। ‘नैतिकता देखाउने हो भने त आफ्नै निवासमा सर्नु उपयुक्त हो,’ केसीले भने, ‘तर यत्रो समय आन्दोलन हुँदा अटेर गरेर सर्वोच्चमै आएर हाजिर गरेका राणाबाट अब यस्तो उच्च नैतिक आशा गर्ने कि नगर्ने?’ 

यस्तो छ राणा–कार्की टसल
राणाविरुद्धको महाभियोगमा नेकपा (एमाले)को समर्थन छैन। सत्तापक्षले आफू अनुकुल फैसला गराउन नियोजित रूपमा उनीविरुद्ध महाभियोग लगाएको एमालेको दाबी छ। 

यता एमालेले साथ नदिएसम्म आफूविरुद्धको महाभियोग पारित नहुने राणाको बुझाइ छ। उनी एमालेलाई महाभियोगको पक्षमा आउन नदिने रणनीतिमा छन्। बालुवाटारबाटै उनी एमाले नेता तथा सांसदहरूको सम्पर्कमा रहेको स्रोतको भनाइ छ।

महाभियोग पारित नभएको अवस्थामा सर्वोच्चमा फर्किन पाउने हुँदा उनी राजीनामा दिने मनस्थितिमा छैनन्। त्यसैले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीका गतिविधिलाई उनले नजिकबाट हेरिरहेको उनीनिकट स्रोत बताउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो त, राणाले उमेरहदका कारण मंसिरमा अवकाश पाउनुअघि नै कार्की सर्वोच्चबाट बिदा भइसक्ने छन्। कार्कीले उमेरहदका कारण असोजमै अवकाश पाउनेछन्। त्यसैले केही समयका लागि भए पनि प्रधानन्यायाधीश बन्न कार्कीले नै अन्य न्यायाधीश र नेपाल बारलाई आफूविरुद्ध आन्दोलनमा उतारेको राणाले निकटस्थहरूसँग बताउने गरेका छन्। राणाविरुद्ध कात्तिक ८ गतेदेखि ४० दिनसम्म सर्वोच्च परिसरमा आन्दोलन भएको थियो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली विवादित भएपछि उनलाई हटाउन उनै राणाले नेतृत्व गरेर अरु न्यायाधीश आन्दोलनमा उत्रेका थिए। अहिले आफूविरुद्ध कार्कीले त्यसरी नै अन्य न्यायाधीशहरूको नेतृत्व गरेको राणाको बुझाइ छ।

एमालेको सहमतिबिना महाभियोग हुँदैन पारित
२७५ सदस्यीय प्रतिनिधिसभामा एमालेबाहेकका अरु दल मिल्दा पनि महाभियोग पारितका लागि आवश्यक दुईतिहाइ मत पुग्दैन। प्रतिनिधिसभामा विभाजनअघि एमालेका १२१ सदस्य थिए। विभाजनपछि पनि प्रतिनिधिसभाको ठूलो दल एमाले नै हो। एमालेसँग ९७ सांसद् छन्। त्यसमध्ये एक जना एमाले सांसद मोहन बानियाँविरुद्ध बलत्कार उद्योग मुद्दा दायर भएका कारण निलम्बनमा छन्। दोस्रो ठूलो दल कांग्रेसका ६३ जना सांसद् छन्। तीमध्ये दुई जना निलम्बनमा छन्। 

माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जनालाई पदमुक्त गरिएको छ। अब ऊसँग सभामुखसहित ४९ सांसद छन्। एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग २३ सांसद् छन्। जसपा विभाजन भएर २० सांसद् बाँकी भएका छन्। त्यसमध्ये एकजना निलम्बनमा छन्। जसपा विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका १४ मध्ये एकजना निलम्बनमा छन्। यसबाहेक संसदमा राष्ट्रिय जनमोर्चाका एक, नेमकिपाका एक, राप्रपाका एक र स्वतन्त्र सांसद् एक जना छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७० सांसद छन्। उनीहरूमध्ये विजयकुमार गच्छदार, आफताब आलम, रेशम चौधरी, हरिनारायण रौनियार र मोहन बानियाँ निलम्बित छन्। सभामुख अग्नी सापकोटाले मत दिन पाउँदैनन्।

महाभियोग पारित हुन प्रतिनिधिसभामा तत्काल कायम रहेकामध्ये दुईतिहाइ अर्थात् १८१ सांसदको समर्थन आवश्यक पर्छ। महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका संख्यामा थप ८३ सांसद आवश्यक हुन्छ। त्यसका लागि एमालेले समर्थन गर्नैपर्छ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्