complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झन् एक्लिए प्रधानन्यायाधीश राणा : महान्यायाधिवक्ताले नै वार्षिकोत्सवमा बोलाएनन्, न्यायसेवा आयोगमै ‘निरीह’

64x64
दुर्गा दुलाल बिहीबार, पुस ८, २०७८  १९:०९
1140x725

काठमाडौं– विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पछिल्ला दुई दिनमा दुई वटा कार्यक्रममा बहिस्कृत भए। विगतमा ती कार्यक्रममा महत्वका साथ प्रधानन्यायाधीशलाई बोलाइने गरिएको थियो। 

नेपाल बार एशोसिएसनले बुधबार ‘बार दिवस’को उपलक्ष्यमा गरेको कार्यक्रममा राणालाई बोलाएन। बोलाउनु त के, बार अहिले राणाको बहिर्गमनकै लागि निरन्तर आन्दोलनमा छ। त्यसको भोलिपल्ट बिहीबार महान्यायाधिवक्ता कार्यालयले पनि आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा राणालाई बोलाएन। महान्यायाधिवक्ताको कार्यालय भने सरकारकै निकाय हो।

उक्त कार्यालयले कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथि र कानुनमन्त्रीलाई विशेष अतिथि बनायो। तर, प्रधानन्यायाधीश राणा विवादित भएको भन्दै सहभागी नगराउने निर्णय गर्‍यो। महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चका मुख्य रजिष्ट्रार लालवावु कुँवरलाई भने अतिथिको रुपमा बोलाएको थियो।

महान्यायाधिवक्ता कार्यालयले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको हो। स्थापना दिवसमा हरेक वर्ष प्रधानन्यायाधीशलाई अतिथि बनाउने गरेको थियो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा आउने भएपछि  प्रधानन्यायाधीशलाई नबोलाइएको बताए । तर, गत वर्ष प्रधानमन्त्री प्रमुख अतिथि हुँदा प्रधानन्यायाधीशलाई पनि बोलाइएको थियो ।

यसपटक प्रधानन्यायाधीशको सट्टा सर्वोच्चकै मुख्य रजिस्ट्रार कुँवरलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको रेग्मीले बताए। महान्यायाधिवक्ताको कार्यालयले अन्य अतिथिमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, मुख्यसचिव शंकरदास बैरागीलाई पनि विशेष अतिथि बनाएको थियो।

अघिल्लो दिन नेपाल बारले आफ्नो स्थापना दिवसमा कानुनमन्त्री, महान्यायाधिवक्ता लगायतलाई अतिथि बनाएको थियो। हरेक वर्ष बार दिवसको कार्यक्रममा प्रधानन्यायाधिशलाई महत्वका साथ निम्त्याइन्थे। तर, अहिले बार आफैँ प्रधानन्यायाधिश राणाको राजीनामा माग्दै आन्दोलनमा छ। 

बार स्थापना दिवसकै अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनले संयुक्त रूपमा कार्यक्रम गरेका थिए। उक्त अवसरमा भएको ‘विकृति–विसंगतिमुक्त न्यायपालिका : बारको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी बार पदाधिकारीले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन नभए न्याय प्रक्रियामा थप क्षति हुने बताएका थिए। 

कार्यक्रममा कानुनमन्त्री बडुले प्रधानन्यायाधीश राणाको बहिर्गमनको विषयलाई सरकारले गम्भीर रूपमा हेरिरहेको बताएका थिए। उनले भनेका थिए, ‘अहिलेको समस्याको गाम्भीर्यताबारे सरकार बेखबर छैन। संविधानले दिएको सीमामा रहेर सरकारले भूमिका निभाउँछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा राजनीतिक दल र संसद्को भूमिका केही नदेखिएको भन्दै असन्तुष्टि जनाएका थिए। ‘हामी आन्दोलनमा  छौँ । न्यायपालिकाभित्र भ्रष्टाचार र बिचौलिया व्याप्त छ। हामी विसंगति–विकृतिमुक्त न्यायपालिका बनाउनका लागि लागिरेका छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बारको भूमिका वाचडगको हो। राजनीतिक दलका नेता र संसद्को भूमिका रहस्यमय देखियो ।’ 

न्याय सेवा आयोगको बैठकमा पनि एक्लिए
सर्वोच्च अदालतमा प्रशासनिक कार्यमा मात्र खुम्चिएका प्रधानन्यायाधीश राणाले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका थिए। आयोगमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी सदस्य छन्। तर, बैठक बस्न नसकेपछि मात्र अध्यक्ष राणाले कसैसँग पनि सल्लाह नगरी बैठक बोलाएको खुलेको थियो।

उनले बुधबारका लागि बैठक बोलाउने निर्णय मंगलबार मात्र गरेका थिए। तर, त्यसअघि नै लोकसेवा आयोगका अध्यक्ष रेग्मी उपत्यका बाहिर गएका थिए। राणाले कोही पनि सदस्यको अनुकूलता नबुझी बैठक बोलाएको स्रोतले जनाएको छ।

कानुनमन्त्री बडूले विवादमा रहेका प्रधानन्यायाधीशसँगको बैठकमा बस्न नसकिने जानकारी पठाएका थिए। स्रोतका अनुसार महान्यायाधिवक्ता खाती पनि उपस्थित नहुने तयारीमा थिए। वरिष्ठ न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा भएकाले उनी सहभागी हुने संभावना नै थिएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोगको बैठकमा एक्लै हुने भएपछि राणाले अन्तिम समयमा उक्त बैठक सार्न निर्देशन दिएका थिए। बुधबार ३ बजेलाई बोलाइएको बैठक सोही दिन १२ बजे न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै स्थगित भएको जनाएका थिए। राणा विवादमा आएपछि पहिलो पटक आयोगको बैठक बोलाइएको थियो।

इजलासमा फर्कन खोज्दैछन् राणा? 
बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रमको तयारी गरिरहेको छ। बारले आन्दोलन थालेको करिब ५० दिन भइसकेको छ। अब आन्दोलनलाई नयाँ स्वरूपमा लैजाने बारले जनाएको छ।

निरन्तर आन्दोलनका कारण पेशा प्रभावित भएको कानुन व्यवसायीहरूको गुनासो पछि बारले आन्दोलनको स्वरूप फेर्न लागेको हो। अब निस्कर्षमा पुर्‍याउने गरी आन्दोलन गरिने बारका एक पदाधिकारीले बताए। 

यसअघि सर्वोच्च प्रशासनले नेपाल बारलाई अदालत परिसरमा आन्दोलन नगर्न निर्देशन दिएको थियो। यसलाई राणा इजलासमा फर्कने तयारीको रूपमा बारले बुझेको छ। तर, आफूहरू राणा संलग्न कुनै पनि इजलासमा बहसका लागि नजाने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। राणा फेरि इजलास फर्कन चलखेल गरिरहेको उनको टिप्पणी छ।

सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र सरकारी वकिलबाट बहिस्कृत भए पनि प्रधानन्यायाधीश राणा सर्वोच्च जान छाडेका छैनन्। उनी दैनिक हाजिर गरेर फर्किने गरेका छन्। 

सहकर्मी न्यायाधीशदेखि नेपाल बारले राजीनामा दिन दबाब दिइरहँदा पनि उनी संविधान बमोजिम मात्र बाहिरिने अडानमा छन्। संविधानबमोजिम महाभियोग लगाएर मात्र प्रधानन्यायाधीशलाई अवकाश पाउनुअघि नै हटाउन सकिन्छ। तर, राजनीतिक दलहरूले महाभियोग लगाउने विषयमा केही बोलेका छैनन्। 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्