• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झन् एक्लिए प्रधानन्यायाधीश राणा : महान्यायाधिवक्ताले नै वार्षिकोत्सवमा बोलाएनन्, न्यायसेवा आयोगमै ‘निरीह’

64x64
दुर्गा दुलाल बिहीबार, पुस ८, २०७८  १९:०९
1140x725

काठमाडौं– विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पछिल्ला दुई दिनमा दुई वटा कार्यक्रममा बहिस्कृत भए। विगतमा ती कार्यक्रममा महत्वका साथ प्रधानन्यायाधीशलाई बोलाइने गरिएको थियो। 

नेपाल बार एशोसिएसनले बुधबार ‘बार दिवस’को उपलक्ष्यमा गरेको कार्यक्रममा राणालाई बोलाएन। बोलाउनु त के, बार अहिले राणाको बहिर्गमनकै लागि निरन्तर आन्दोलनमा छ। त्यसको भोलिपल्ट बिहीबार महान्यायाधिवक्ता कार्यालयले पनि आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा राणालाई बोलाएन। महान्यायाधिवक्ताको कार्यालय भने सरकारकै निकाय हो।

उक्त कार्यालयले कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथि र कानुनमन्त्रीलाई विशेष अतिथि बनायो। तर, प्रधानन्यायाधीश राणा विवादित भएको भन्दै सहभागी नगराउने निर्णय गर्‍यो। महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चका मुख्य रजिष्ट्रार लालवावु कुँवरलाई भने अतिथिको रुपमा बोलाएको थियो।

महान्यायाधिवक्ता कार्यालयले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको हो। स्थापना दिवसमा हरेक वर्ष प्रधानन्यायाधीशलाई अतिथि बनाउने गरेको थियो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा आउने भएपछि  प्रधानन्यायाधीशलाई नबोलाइएको बताए । तर, गत वर्ष प्रधानमन्त्री प्रमुख अतिथि हुँदा प्रधानन्यायाधीशलाई पनि बोलाइएको थियो ।

यसपटक प्रधानन्यायाधीशको सट्टा सर्वोच्चकै मुख्य रजिस्ट्रार कुँवरलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको रेग्मीले बताए। महान्यायाधिवक्ताको कार्यालयले अन्य अतिथिमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, मुख्यसचिव शंकरदास बैरागीलाई पनि विशेष अतिथि बनाएको थियो।

अघिल्लो दिन नेपाल बारले आफ्नो स्थापना दिवसमा कानुनमन्त्री, महान्यायाधिवक्ता लगायतलाई अतिथि बनाएको थियो। हरेक वर्ष बार दिवसको कार्यक्रममा प्रधानन्यायाधिशलाई महत्वका साथ निम्त्याइन्थे। तर, अहिले बार आफैँ प्रधानन्यायाधिश राणाको राजीनामा माग्दै आन्दोलनमा छ। 

बार स्थापना दिवसकै अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनले संयुक्त रूपमा कार्यक्रम गरेका थिए। उक्त अवसरमा भएको ‘विकृति–विसंगतिमुक्त न्यायपालिका : बारको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी बार पदाधिकारीले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन नभए न्याय प्रक्रियामा थप क्षति हुने बताएका थिए। 

कार्यक्रममा कानुनमन्त्री बडुले प्रधानन्यायाधीश राणाको बहिर्गमनको विषयलाई सरकारले गम्भीर रूपमा हेरिरहेको बताएका थिए। उनले भनेका थिए, ‘अहिलेको समस्याको गाम्भीर्यताबारे सरकार बेखबर छैन। संविधानले दिएको सीमामा रहेर सरकारले भूमिका निभाउँछ।’ 

Ncell 2
Ncell 2

कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा राजनीतिक दल र संसद्को भूमिका केही नदेखिएको भन्दै असन्तुष्टि जनाएका थिए। ‘हामी आन्दोलनमा  छौँ । न्यायपालिकाभित्र भ्रष्टाचार र बिचौलिया व्याप्त छ। हामी विसंगति–विकृतिमुक्त न्यायपालिका बनाउनका लागि लागिरेका छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बारको भूमिका वाचडगको हो। राजनीतिक दलका नेता र संसद्को भूमिका रहस्यमय देखियो ।’ 

न्याय सेवा आयोगको बैठकमा पनि एक्लिए
सर्वोच्च अदालतमा प्रशासनिक कार्यमा मात्र खुम्चिएका प्रधानन्यायाधीश राणाले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका थिए। आयोगमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी सदस्य छन्। तर, बैठक बस्न नसकेपछि मात्र अध्यक्ष राणाले कसैसँग पनि सल्लाह नगरी बैठक बोलाएको खुलेको थियो।

उनले बुधबारका लागि बैठक बोलाउने निर्णय मंगलबार मात्र गरेका थिए। तर, त्यसअघि नै लोकसेवा आयोगका अध्यक्ष रेग्मी उपत्यका बाहिर गएका थिए। राणाले कोही पनि सदस्यको अनुकूलता नबुझी बैठक बोलाएको स्रोतले जनाएको छ।

कानुनमन्त्री बडूले विवादमा रहेका प्रधानन्यायाधीशसँगको बैठकमा बस्न नसकिने जानकारी पठाएका थिए। स्रोतका अनुसार महान्यायाधिवक्ता खाती पनि उपस्थित नहुने तयारीमा थिए। वरिष्ठ न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा भएकाले उनी सहभागी हुने संभावना नै थिएन। 

आयोगको बैठकमा एक्लै हुने भएपछि राणाले अन्तिम समयमा उक्त बैठक सार्न निर्देशन दिएका थिए। बुधबार ३ बजेलाई बोलाइएको बैठक सोही दिन १२ बजे न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै स्थगित भएको जनाएका थिए। राणा विवादमा आएपछि पहिलो पटक आयोगको बैठक बोलाइएको थियो।

इजलासमा फर्कन खोज्दैछन् राणा? 
बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रमको तयारी गरिरहेको छ। बारले आन्दोलन थालेको करिब ५० दिन भइसकेको छ। अब आन्दोलनलाई नयाँ स्वरूपमा लैजाने बारले जनाएको छ।

निरन्तर आन्दोलनका कारण पेशा प्रभावित भएको कानुन व्यवसायीहरूको गुनासो पछि बारले आन्दोलनको स्वरूप फेर्न लागेको हो। अब निस्कर्षमा पुर्‍याउने गरी आन्दोलन गरिने बारका एक पदाधिकारीले बताए। 

यसअघि सर्वोच्च प्रशासनले नेपाल बारलाई अदालत परिसरमा आन्दोलन नगर्न निर्देशन दिएको थियो। यसलाई राणा इजलासमा फर्कने तयारीको रूपमा बारले बुझेको छ। तर, आफूहरू राणा संलग्न कुनै पनि इजलासमा बहसका लागि नजाने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। राणा फेरि इजलास फर्कन चलखेल गरिरहेको उनको टिप्पणी छ।

सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र सरकारी वकिलबाट बहिस्कृत भए पनि प्रधानन्यायाधीश राणा सर्वोच्च जान छाडेका छैनन्। उनी दैनिक हाजिर गरेर फर्किने गरेका छन्। 

सहकर्मी न्यायाधीशदेखि नेपाल बारले राजीनामा दिन दबाब दिइरहँदा पनि उनी संविधान बमोजिम मात्र बाहिरिने अडानमा छन्। संविधानबमोजिम महाभियोग लगाएर मात्र प्रधानन्यायाधीशलाई अवकाश पाउनुअघि नै हटाउन सकिन्छ। तर, राजनीतिक दलहरूले महाभियोग लगाउने विषयमा केही बोलेका छैनन्। 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दो... सोमबार, मंसिर २२, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्... आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
जनकपुरविरुद्ध कर्णाली ३ रनले विजयी, अघिल्लो पटकको उपाधि विजेता यसपटक पुछारमा आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्