• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

न्याय परिषद्को गोप्य प्रतिवेदन : जसले उच्च अदालतमा सिफारिस भएका ५ न्यायाधीशबारे यस्तो भनेको थियो 

64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  १६:३५
1140x725

दुर्गा दुलाल/काठमाडौं- उच्च अदालतमा सिफारिस भएका ५ जना न्यायाधीश विवादित भएको तथ्य फेला परेको छ। नेपाल लाइभलाई प्राप्त न्याय परिषद्को एक गोप्य प्रतिवेदनमा उनीहरुका विवादित काम र कारबाही सिफारिस समेत व्यहोरा उल्लेख छ। जिल्ला न्यायाधीश हुँदा उनीहरुमाथि न्याय परिषद्‍ले छानबिन गरेको प्रतिवेदन नेपाल लाइभले फेला पारेको छ। 

परिषद्‍ले २०७३ मंसिरमा गठन गरेको २ सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा हाल उच्च अदालतमा सिफारिस हुन सफल भएकामध्ये ५ जनालाई न्यायिक विचलन समेत गरेकाले कारबाही सिफारिस गरेको थियो। प्रतिवेदन अनुसार न्यायाधीशहरु राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुनेद आजाद र नागेन्द्र लाभ कर्ण विवादित भई कारबाही समेत सिफारिस भएका व्यक्ति हुन्। प्रतिवेदनमा हाल उच्चमा सिफारिस भएका उनीहरुमा न्याय सम्पादन गर्ने क्षमता नभएको समेत भनिएको छ। 

उनीहरुमाथि थप छानबिन गरी कारबाही गर्न समेत परिषदको सो समितिले सिफारिस गरेको थियो। परिषद्का सदस्यहरु रामप्रसाद सिटौला र पदम वैदिकको समितिले गरेको छानबिनमा उच्च अदालतमा सिफारिस भएका ५ न्यायाधीशलाई सचेत गराउन समेत भनिएको थियो। 

यिनै ५ न्यायाधीशमध्ये केही पुनः छानबिनमा समेत परेका थिए। जिल्ला अदालतमा रहँदा कार्यसम्पादनमा न्यायिक विचलन र आर्थिक लाभ लिने कार्य जारी राखेको भन्दै छानबिन गरेको थियो। सो छानबिनको हतारहतार किनारा लगाउन सचेत गराउने भनियो। उनीहरूलाई हतारमा किनारा लगाउनुपछिको अन्तर्य भने उच्चमा ल्याउने खेल रहेको खुलेको छ। 

परिषदमा पटकपटक उजुरी परेपछि गम्भीर उजुरी रहेकामध्ये १० न्यायाधीशमाथि छानबिनका लागि दुई सदस्यीय समिति गठन भएको थियो। उक्त समितिले परिषद्मा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन कुनै पनि प्रधानन्यायाधीशको समयमा कार्यान्वयन हुन सकेन। चोलेन्द्र शम्सेर राणा प्रधानन्यायाधीश हुदाँ उनीहरूलाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको छ। 

राजेशकुमार काफ्ले 
जिल्ला न्यायाधीश काफ्लेविरुद्ध कुटपिट मुद्दामा गरेको फैसलाका विषयमा उजुरी परेको थियो। उसना श्रेष्ठ वादी र गीता श्रेष्ठ प्रतिवादी भएको मुद्दामा काफ्लेले 'ठहर खण्ड' नै उल्लेख नगरी फैसला सुनाएका थिए। एक पटकलाई कुटेको भएपनि सजाय नगर्ने र पुनः अर्को पटक मुद्दा दर्ता गर्न कानुनले बाधा नगर्ने फैसला सुनाएका थिए। कुटपीटमा ठहर वा सफाईको निर्णय दिनु पर्नेमा काफ्लेले आर्थिक लाभ लिई एक पटकलाई माफी दिने फैसला सुनाएका थिए। 

कुटपीटबाटै व्यक्तिको मृत्युसमेत भएको मुद्दामा काफ्लेले यस्तो फैसला सुनाएका थिए। एक पटक प्रतिवादीलाई सुध्रिनुपर्ने मौका दिन बेञ्चलाई उपयुक्त लागेकाले बादीको दाबी नपुग्ने फैसला काफ्ले गरेका थिए। 

Ncell 2
Ncell 2

सो मुद्दामा गरिएको फैसलाका विषयमा छानबिन गर्दै परिषद्‍को छानबिनले प्रतिवेदनले काफ्लेले कानुनमा व्यवस्था नै नभएको प्रावधानलाई मनोगत रूपमा फैसला सुनाएको ठहर गरेको थियो। 

तत्कालीन जिल्ला न्यायाधीश तथा हाल उच्चमा सिफारिस भएका न्यायाधीश पोखरेलमा न्याय सम्पादनको क्षमता समेत नभएको उक्त छानबिन प्रतिवेदनमा उल्लेख छ। काफ्ले विरुद्ध पटकपटक उजुरी पर्ने गरेको र उनको कार्यक्षमता अभाव रहेको स्पष्ट देखिएकोले न्याय परिषद् ऐनको दफा १९ अनुसार कारबाही अगाडि बढाउन सिफारिस गरेको थियो। 

लेखनाथ ढकाल
उच्च अदालतमा सिफारिस भएका ढकालको पनि पृष्ठभूमि विवादित भएको प्रतिवेदनमा उल्लेख छ। नेकपाका महासचिव विष्णु पौडेलका भान्जेज्वाई समेत रहेका ढकाल सोही पहुँच प्रयोग गर्दै विवादित भएपनि उच्च अदालतमा सिफारिस हुन सफल भए। 

ढकाल जिल्ला अदालत काभ्रेमा रहँदा एक मुद्दामा गरेको फैसला विवादित बनेको थियो। सो मुद्दामा उनले १८ लाख रुपैयाँ लिएको उजुरी परेको थियो। 

उमेश बानिया प्रतिवादी भएको पेट्रोल पम्प ठगी प्रकरणमा उनले पेसी सारेर ढकालले श्रीमतीमार्फत् रकम बुझेका थिए। सो विषयमा थप अध्ययन गरी कारबाही गर्न समितिले सिफारिस गरेको थियो। ढकालमाथि गम्भीर अनुसन्धान र उनका परिवारसँग पनि त्यस बारेमा अध्ययन गर्न समितिले आफ्नो प्रतिवेदनमा भनेको थियो। तर उनै उच्च अदालतका सिफारिसमा पर्न सफल भएका छन्। 

कुलप्रसाद शर्मा 
उच्च अदालतमा सिफारिस भएका शर्मा विरुद्ध दुई मुद्दाको उजुरीमा परिषदको दुई सदस्यीय समितिले छानबिन गरेको थियो। 

चेक बाउन्स र घाँटी रेटी हत्याको प्रयास सम्बन्धी मुद्दामा शर्माले न्यायिक प्रक्रिया समेत उल्लंघन गर्दै फैसला गरेको ठहर गरेको छानबिन समितिले गरेको थियो। समितिले शर्माको न्यायाधीशमा हुनपर्ने कार्यक्षमता अभाव रहेको र न्यायिक विचलन सम्बन्धी फैसला गरेको आधारमा कारबाही गर्न सुझाव दिएको थियो। 

मोहम्मद जुनेद आजाद 
उच्च अदालतको सिफारिसमा परेका आजाद विरुद्ध दाङ जिल्ला अदालतमा रहँदा गरेको एक फैसला विवादमा परेको थियो। सो विवादमा परिषदको छानबिन समितिले उनीमाथि आचारण विरुद्धको काम गरेको भन्दै कारबाही अघि बढाउन भनेको थियो। 

कर्मचारी र कानुन व्यवसायी समेतलाई प्रयोग गरी आर्थिक लाभ लिएर फैसला गरेको उजुरी परेको थियो। फिल्ड निरीक्षणका क्रममा अन्यत्र गएपछि काज स्वीकृत नहुदाँ उनले टिपेक्स लगाएर न्यायाधीशको आचारसंहिता विपरीत कार्य गरेको छानविन समितिले पाएको उल्लेख गरेको छ। 

नागेन्द्र लाभ कर्ण 
कर्णमाथि अदालत समय समाप्त भएपछि कानुन व्यवसायीसँग बसेर मुद्दाको राय लेख्ने गरेको उजुरी परेको थियो। यस विषयमा परिषदले छानबिन गरेको थियो। 

उनका बारेमा समितिले फिल्ड निरीक्षण समेत गरेको थियो। समितिले कार्यशैलीमा पनि स्तरीयता नभएको र न्यायाधीशका लागि अपेक्षित कार्यक्षमता अभाव रहेको टिप्पणी गरेको थियो।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
जनकपुरविरुद्ध कर्णाली ३ रनले विजयी, अघिल्लो पटकको उपाधि विजेता यसपटक पुछारमा आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्