काठमाडौं- पोल्याण्डको सत्तारुढ दल 'कानुन तथा न्याय पार्टी' का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
उनले मङ्गलबार प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउदै आफू सरकारको कुनै पनि पदमा नरहेको स्पष्ट पारेका हुन् ।
आफ्नो राजीनामा प्रधानमन्त्रीले स्वीकृति गरिसकेको र अव राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
'अव सरकारमा रहिन, मैले प्रधानमन्त्री मातेउज मोराविस्कीलाई राजीनामा पत्र बुझाई सकेको छु,' उनले भनेका छन्।
उनी सन् २००३ देखि सो पार्टीको प्रमुख प्रभावशाली नेता रहँदै आएका थिए। सन् २००१ मा स्थापना भएको सो पार्टीको उनी सह संस्थापक हुन्।
पोल्याण्डको राजनीतिमा उनलाई लामो समय लोकप्रिय नेताका रुपमा चिनिन्थ्यो भने उनको परिवार पनि प्रभावशाली राजनीतिक परिवार मानिन्छ।
उनका जुम्ल्याहा लेच कास्जीन्स्कीको सन् २०१० मा निधन भएको थियो। उनको त्यतिबेला राष्ट्रपति भएकै बेला निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।