काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा कुनै घटबढ भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तथा चाँदीको कारोबार अघिल्लो दिन (सोमबार)कै दरमा भइरहेको छ।
मंगलबार पनि सोमबारको जस्तै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ।
सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। यो साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको थियो।
मंगलबार चाँदीको मूल्य पनि सोमबारको जस्तै प्रतितोला १ हजार २६५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो साताको पहिलो कारोबार दिन यता चाँदीको मूल्यमा कुनै घटबढ भएको छैन। आइतबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।