काठमाडाैं-नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै संघले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो।
संघले साेमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ। नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ। बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।