• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलमा रहेका गुण्डा नाइके–डीएसपी कनेक्सन : कुख्यात अपराधीलाई भेट्दा भिडियो रेकर्डिङ गर्नुपर्ने सुझाव

'मनसाय आपराधिक छैन, लापरबाही गम्भीर देखियो'
64x64
नारायण अधिकारी सोमबार, असार ६, २०७९  १८:४५
1140x725

काठमाडौं–गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न केन्द्रीय कारागार पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले गम्भीर लापरबाही गरेको छानबिन समितिले निस्कर्ष निकालेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा डीएसपी केसीको गम्भीर लापरबाही औंल्याइएको काठमाडौं परिसरका एसएसपी सुदीप गिरीले बताए। 

डीएसपी केसी कुनै आपराधिक मनसायले कारागार गएको नदेखिएको तर लापरबाही भने गम्भीर देखिएको एसएसपी गिरीको भनाइ  छ। 

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर जेलमा रहेका गुण्डा नाइकेलाई भेट गर्ने वातावरण मिलाउनु नै डीएसपी केसीको गम्भीर लापरबाही रहेको समितिको निष्कर्ष छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो। छानबिन सकेर बुझाएको प्रतिवेदनमा विभागीय कारबाहीका लागि सिफारिस गरिएको पाइएको काठमाडौंका एसएसपी गिरीले बताए। 

कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई नभेटेको तर अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिकाे ठहर छ। आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनु पर्नेमा विना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको छ। 

गलत मनसायले आफैंले भेट गरेको भन्दा पनि पदीय दुरुपयोग गरेर विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई भेटका लागि सहजीकरण गरिदिएको समितिले निस्कर्ष निकालेको छ। 

जेठ २९ गते केसी अर्का विवादास्पद पात्र अमृत केसीलाई लिएर बस्नेतलाई भेट्न कारागार पुगेको खुलेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरकोे आरोपमा पुर्पक्षका लागि कारागारमा छन्। साढे २ करोड रुपैयाँ कमिसन नदिएपछि गौचनको हत्या भएको खुलेको थियो।

कारागारमा रहँदासमेत बस्नेतले आपराधिक गतिविधि सञ्चालन गरेको आरोपसमेत लाग्दै आएको थियो। केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाई समेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो।

त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गृहमन्त्री थापाका भाइ नरेश थापासहित ८ जनालाई समेत पक्राउ गरेर आपराधिक लाभको कसुरमा मुद्दा चलाएको थियो।

दुई डीएसपीको देखिएन कैफियत
केन्द्रीय कारागारको सुरक्षामा डीएसपी नवीनकिशोर प्रधानको कमाण्डमा टोली खटिएको छ। स्वयम्भू वृत्तका डीएसपी केसी र जनसेवा वृत्तका डीएसपी शालिकराम शर्मा समेतले केन्द्रीय कारागार पुगेर भेटघाट गरेको बताइएको थियो। 

यस विषयमा समेत छानबिन गर्दा समितिले डीएसपी प्रधान र शर्माको भने कुनै कैफियत नदेखिएको पाइएको जनाएकाे छ। कारागारमा खटिएका डीएसपी प्रधान र केसी ब्याचमेट भएकाले तेस्रो व्यक्तिले जेलमा रहेका गुण्डा नाइके बस्नेतलाई भेट गर्न   खोजेपछि केसीले सहजीकरण मात्रै गरिदिएको औंल्याइएको छ। 

‘प्रधान र केसी ब्याचमेट हुन् र तेस्रो व्यक्तिले गुण्डा नाइकेलाई भेट गर्न खोजेपछि केसीले सामान्य रुपमा लिँदै मेरै साथी छ म भेट गराइदिइहाल्छु भनेर भेट गर्ने वातावरण मात्रै मिलाइएको देखियो’ एसएपी गिरीले भने, ‘यस्तो भेटलाई स्वयम्भूका डीएसपीले हल्का रुपमा लिएको देखियो। यो उहाँको गम्भीर लापरबाही हो।’

आपराधिक व्यक्तिसँग कसैले किन भेट गर्न खोज्दैछ? आफ्नो क्षेत्रभन्दा बाहिर रहेको ठाउँमा भेटका लागि किन सहजीकरण गर्ने जस्ता विषयलाई गम्भीर रुपमा नलिई भेट गर्ने वातावरण मिलाई दिने केसीको गल्ती रहेको औंल्याइएको छ। 

प्रधान भने आफ्नो कार्यक्षेत्रमै रहेको र गुण्डा नाइकेसँग कुनै भेट नगरेकाले उनको कमजोरी नदेखिएको बताइएको छ । यता डीएसपी शर्मा पनि फोन गरेर चिया खान बोलाएपछि चिया पिएर मात्रै फर्किएकाले उनको पनि कमजोरी नदेखिएको एसएसपी गिरीले बताए।

कुख्यात अपराधीलाई भेट्दा भिडियो रेकर्डिङ गर्नुपर्ने सुझाव
एसपी मैनाली नेतृत्वको छानबिन समितिले अबदेखि यस्तो गल्ती नदोहोरिनका लागि भन्दै चार बुँदे सुझावसमेत दिएको छ। 

गम्भीर, जघन्य तथा संवेदनशील अपराधमा कैद भुक्तान गरिरहेका कैदीलाई भेटघाट गर्नुपर्दा आफ्नो नजिकको नातेदार (बुबा, आमा, श्रीमती र सन्तान) बाहेक अन्यलाई भेटघाट गर्न बन्देज लगाउनु पर्ने समितिले उल्लेख गरेको छ।  

भेटघाट गर्दा पनि तोकिएको निकायबाट खटिएका प्रहरी कर्मचारीको अनिवार्य उपस्थिति हुनुपर्ने सुझाव दिइएको छ। 

तेस्रो बुँदामा अनुसन्धानको प्रयोजनबाहेक अन्य अवस्थामा सम्बन्धित कारागारबाहिरका प्रहरीलाई समेत भेटघाट गर्न बन्द लगाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको एसएसपी गिरीले बताए । 

यसरी भेटघाट गर्दा भेटघाटको समयमा भएका कुराकानीलाई भिडियो रेकर्डिङ गर्नुपर्ने औल्याइएको छ । 
 

.

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्