काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (इन्धन)को मूल्य बढाएसँगै हवाई यातायात (आन्तरिक)को भाढा समेत बढेको छ।
वायु सेवा सञ्चालक सङ्घले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ।
बढेको दरअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ। यस्तै, काठमाडौं–नेपालगञ्ज रुटको १३ हजार ८१५ रुपैयाँ पुगेको छ।
काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा १४ हजार ७२० रुपैयाँ पुगेको छ।
आयल निगमले सोमबारदेखि पेट्रोलिय पदार्थको मूल्य बढाएको हो। जसअनुसार हवाई इन्धन (आन्तरिक)को मूल्य १९ रुपैयाँले बढेर प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।