• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

हामी देउता नभएको मान्छे

64x64
धनु विश्वकर्मा शनिबार, असार ४, २०७९  १६:००
1140x725

असार बल्ल टेकेको छ। तर, दिनहरू भने भदौरे भेलजस्तै भएका छन्। घामले लुकामारी खेलिरहन्छ। बाढिपहिरोको समाचारले सामाजिक संजालको टाइमलाइन छपक्कै छ।

यस्तैबेला सामाजिक संजालमा केही जनप्रतिनिधिलाई राष्ट्रगान गाउन लगाउँदै ‘नजानेको’ भनेर खिल्ली उडाएको भिडियो भाइरल भयो। एक जना टीभी रिपोर्टरले केही जनप्रतिनिधिलाई यसरी ‘अराष्ट्रवादी’ बनाए।

तर, म यो असहज समयमा पढ्दैछु उन्मुक्त पुस्ताका कवि हरिशरण परियारको कवितासंग्रह– कैँची। हुन त यो कृति विमोचन हुनेबित्तिकै सर्सर्ती पढेको हुँ। तर, कलेजको परीक्षा मुखैमा थियो। त्यसैले परीक्षा सकाएर फेरि पढेँ।

माथिको घटनाले पनि यो कविताकृतिबारे लेख्न प्रेरणा जाग्यो। के यो देश राष्ट्रगान गाउन नजान्नेहरूको होइन?

‘कैँची’को विमोचन गएको जेठ १५ गते भएको हो। त्यो दिन १५ वर्षअघि एकल शासकीय प्रणाली हटाएर समानुपातिक समाबेसीसहितको संघीय गणतन्त्र घोषणा गरिएको थियो। अनि त्यसको एक हप्तापछि जेठ २१ मा नेपालगन्जमा सेतु विकको सालिक ढालिएको थियो। सालिक ढाल्नु संयोग मात्र थिएन, परिवर्तन मन नपराउनेहरूले गरेको कर्तुत थियो। तर, यस्तै प्रतिगमनकारी कदमबाट आन्दोलनको ज्वाला दन्कन्छ। उत्पीडनविरुद्ध संघर्ष हुन्छ। त्यही संघर्षको प्रतीक बनेर आएको हरिशरण  परियारको कविताकृति। 

त्यसैले ‘कैँची’ विद्रोह हो। विद्रोहका कविता छन्। ती कविताले अहिले पनि शोषित र पीडितलाई आन्दोलित हुन आह्वान गर्छन्।

ललितपुरको शन्खमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार विद्यार्थीलाई भर्ना लिन मानेन। यो समयले आन्दोलन माग गर्छ। सेतु विकहरूको सालिक ढल्दा पनि समयले आन्दोलनको माग गरेकै हो। हामीलाई समय सम्झाइरहेका कविताहरू पुस्तक हो कैँची।

सेतु विकको सालिक ढलेको दिन गएको जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको १६ वर्ष पुगेको छ। यो अवधिमा जातीय विभेदकै कारण तीन गैरदलितसहित ४४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये अधिकांश अन्तरजातीय प्रेम र विवाहको कारण भएको हत्या हुन्। यो डरलाग्दो तथ्यले भयभीत बनाएको छ। त्यसैले प्रश्न गर्नुपर्ने बेला आएको छ, ‘गणतन्त्र दुर्घटनामा त गइरहेको छैन?’ कवि हरिशरणको एउटा कविताको यही विषय उठाएको छ–
हे राजधानी!
तिमी, खै कसलाई साक्षी राखेर मनाइरहेछौ
गणतन्त्र दिवस
सहिदहरुको छातीजस्तो
सपाट टुँडिखेलभरि।
(दुर्घटित सपनाहरु र गणतन्त्र)

Ncell 2
Ncell 2
nimb
nimb

कविताको खास संरचना हुँदैन। बाँधिनु जरुरी पनि ठान्दिनँ। समाजको पिँधमा पिल्सिएको उत्पीडित समुदायको लागि कविता अभिव्यक्तिको स्वतन्त्रता हो। आगोको झिल्को हो। झिल्को सानो हुन्छ, तर त्यसको असरको आयातन भयानक हुन्छ। ‘कैँची’मा ४२ वटा कविता छन्। धेरै कवितामा आफैंमा जात व्यवस्थाविरुद्धका विद्रोह हुन्। कविता सरल पक्कै छन्, तर असामान्य छन्। 

जात व्यवस्थाले निम्त्याएको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र आर्थिक समस्यालाई यो पुस्तकले अझ प्रष्ट पारेको छ। कैँची केवल दर्जीको मात्र होइन, यो मधेसको नाइको पनि हो। त्यसैले कैँची उत्पीडनविरुद्धको प्रतीक हो।

कविले स्विकारेका छन् कि, प्रेमभन्दा बढी घृणा, मिठासभन्दा बढी तिक्तताको कथा भनेका छन्। मलाई यी कथा मात्र होइन, त्योभित्रका व्यथा सिङ्गो उत्पीडित समुदायका हुन्। उनले थपेका छन्, यी मेरा कविता आगोका आविस्कार हुन्।
म त देउता नभएको मान्छे 
सक्दिनँ भाक्न देउराली 
म त धर्मशास्त्र नभएको मान्छे
सक्दिनँ छुन कुनै ग्रन्थ
(भन्नु छ केही तिमीलाई कविताको हरफ)

प्रिय कवि, यो बिलौना म र हामी पुस्ताले अब गर्दै नगरौं। धर्मशास्त्रको ‘क्यान्सर’बाट जो जति ग्रसित बने बने, अब हामी अलिकति पनि प्रेरित नगरौं। अब नपाएको दुखेसो नपोखौँ। साहित्य उत्पीडित समुदायको हुन्छ। शासकको आत्मवृतान्त र भुईंमान्छेको उपन्यास लेखेर आँखामा छारो हालेको समाज हो यो। जितेको गाथा लेखेर हारेको कतै नलेखेको समाज हो। 
तिमीले मानेझैँ 
साइत पारेर 
हिडिसकेँ
कैँची, घन, मैरी, सारङी, राँबो, बेल्चा, गैँती...
सबै सबै– विद्रोहमा (विद्रोह)

Xtrem

Xtrem

हो, घरनजिकै कालुदाइको कतन्नुले वर्षौं भयो मेसिनसँग विद्रोह गरेको। उनले मुखमा माड लगाउनैका लागि पुस्तौंदेखि भयो विद्रोह गरेको। अंगे काकाको आफरले विद्रोह गरेको पनि धेरै भैसकेको छ। अब यो समाजको संरचनागत तहमा विद्रोह झोस्न ‘कैँची’ आएको छ। 
बा!
अब उठ्नुस्
आर्यघाटको चारपाटे चिताबाट
र
दिनुस् मलाई
वर्षौं पसिनालाई सिंचित
तपाईंको अस्थिपञ्जर
गालेर नवयुगको आरनमा
बनाउँछु नवीन हतियार
उभ्याउँछु विष्टहरुलाई कठघरामा
र
माग्छु एक माना बालीले 
तिर्न नसकेको
हाम्रा पुर्खाहरुको पसिनाको हिसाब
(पसिनाको हिसाब)

कोठालाई ‘कोटा’सँग तुलना गरेर बहस गर्ने यो शहरलाई ब्युँझाउन ‘कैँची’हरु जन्मिनुरहनुपर्छ। निकै लामो छ कविताको ज्यान। त्यसैले यो मुक्तिको श्वास भर्न कविता आवश्यक छन्। र, ती कविता कैँचीजस्तै हुनुपर्छ। 

वास्तवमै कैँचीमार्फत कविले ब्राह्मणवादी र पितृसतात्मक समाजलाई खुला चुनौती दिएका छन्। कैँची अब शासकको लाज ढाक्न प्रयोग गरिने साधन मात्र होइन। कैँचीले जोड्न पनि सक्छ र कविको भाषामा कैँची ‘अमानवीय’ भयो भने काट्न पनि सक्छ।
आज थाहा छ मलाई
अरुजस्तै अमानवीय बन्यो भने कैँची
काटिन सक्छ लाजको वस्त्र
काटिन सक्छ मानव तस्बिर
काटिन सक्छन् औँलाहरू
काटिन सक्छन् हातहरू
अनि, काटिन के बेर राष्ट्रिय झन्डा?
(कैँची)

भूमिकामा लेखक तथा राजनीतिज्ञ आहुतिले भने झैँ दलित समुदायमा जन्मिएर शिक्षाको अवसर पाउँदै, अझ कविका रुपमा समेत अगाडि आउनु हरिशरणका लागि निकै मीठो संयोग हो। नेपाली समाजमा जात व्यवस्था ढस्मस्स छ। यसैले उनका थुप्रै कविता जात व्यवस्थाविरोधी हुनु स्वाभाविक र स्वागतयोग्य छ। त्यसैले यी कविताले क्रान्तिकारीहरु र क्रान्तिकारी चेतना जन्माइरहने तागत राख्छन्।

सहिष्णुताको नाम दिएर समाज भाँडेको आरोप लाग्छ है कवि जि! तर तपाईंलाई डराउने छुट छैन। बरु अब कैँची मात्र होइन तपाईंहरु सियो बन्नुहोस्। सियोले थोरै आयतन ओगट्छ तर, गति हात्तीको खुट्टाभन्दा पनि गहिरो हुन्छ। त्यसैले विभेदको पुस्तान्तरण गर्नबाट रोक्न यस्तै साहित्यमार्फत आन्दोलन भैरहन जरुरी छ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्