काठमाडौं– एमालेले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले दल दर्ता गराएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको मुख्य माग प्रतिनिधिसभा पुन:स्थापना भए पनि नियमित प्रक्रियाअन्तर्गत दल दर्ता गरको बताए ।
‘संसद् पुन:स्थापनाको हाम्रो माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेका हौँ,’ उनले भने । मंगलबार एमालेको विघटित संसद्को संसदीय दलको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्च अदालतम रिट दायर गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा पुन:स्थापनाका लागि माग गरे पनि एमालेले आन्तरिक रूपमा निर्वाचनको तयारी तीव्र पारेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।