काठमाडौं–स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विवादमा अमेरिकाले दोस्रो पटक स्पष्ट पारेको छ। वुधबार पत्रकारसँग भेटघाट गरेर स्पष्ट पारेको अमेरिकाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल सहभागी हुन नचाहेमा रद्द गर्न सक्ने बताएको छ।
‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्ने छ’ काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी मिकलरले बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ‘ कुनै देशले अमेरिकालाई उनीहरू अब कार्यक्रम (एसपीपी) मा भाग लिन चाहँदैनन् भनी जानकारी दिन सक्छ।’
एसपीपी कार्यक्रममा रहेका लगभग ९० देशमध्ये बेलारुसले कार्यक्रममा आफ्नो सहभागिता समाप्त गरेको पनि उनले उल्लेख गरेका छन्।
उनले बुधबार पत्रकारसँग कुरा गर्दै सन् २०१५ मा नेपालले कार्यक्रममा सहभागी हुन पहिलो पटक र २०१७ मा पुनः कार्यक्रममा सहभागी हुन दोस्रो पटक अनुरोध गरेपछि सन् २०१९ मा अमेरिकाले नेपालको सहभागिता सुनिश्चित गरेको बताएका थिए।
अमेरिकाले एसपीपीअन्तर्गत नेपाली सेनाले अमेरिकी युटा राज्यको नेशनल गार्डसँग सहकार्य गर्ने उल्लेख थियो।
‘एसपीपी कार्यक्रममा भाग लिनका लागि नेपालको अनुरोधमा सहमति जनाएदेखि हामीले सम्भावित मानवीय सहायता र विपद् राहत पूर्वतयारी गतिविधिहरू समावेश गरेका थियौं,’ उनले भनेका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।