काठमाडौं–नेपाली सेनाले सन् २०१५ मा अमेरिकालाई लेखेको पत्रका बारेमा स्पष्टीकरण दिएको छ। तत्कालीन सेनाप्रमुखले पत्राचार गरेको स्वीकार गर्दै सेनाले यस्तो स्पष्टीकरण दिएको हो।
२०७२ सालमा नेपालमा गएको भूकम्पपछि विश्वका कैयौँ देशसँग सहयोगका लागि आग्रह गरिएको उल्लेख गर्दै नेपाली नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्पष्टीकरण दिएका हुन्। ‘आज जंगी अड्डाको आकस्मिक बैठक बसेको छैन। तर सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो’ विज्ञप्तिमा भनिएको छ ‘त्यसबेला अमेरिकासँग पनि मागेको हो। त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो। ’
उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको र त्यो बेलामा आईपीएस पनि नभएको सेनाले स्पष्ट पारेको छ।
अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको उल्लेख गर्दै सेनाले अहिलेको अवस्थालाई नेपाली सेनाले राम्रोसँग बुझेको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।