• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘कान्लोबाट खसियो, भीरबाट खस्न बाँकी छ’

घनश्याम भूसाल बिहीबार, असार २, २०७९  १८:५५
1140x725

हामीसँग संकट छ। धेरै अप्ठ्यारो छ। तर समाधानहीन अवस्थामा पुगेका छैनौं। राजनीति त्यहाँ पुगिसकेको होइन। कम्युनिस्ट आन्दोलन पुगिसकेको होइन। हामीसँग अझ धेरै सम्भावना छन्।

कतिले भन्छन्– कम्युनिस्टहरूले ठक्कर खान अझै बाँकी छ। कति युवासाथीहरूले भन्छन्–‘कान्लोबाट खसियो, भीरबाट खस्न बाँकी छ।’ माथिको मान्छे (शीर्ष नेता)को इगोका कारण अझै कत्रा–कत्रा ध्वंश हुन्छन्। यही सम्झेर कति साथीहरू निराश देख्छु। अझै ठूलो सत्यानास होस्, त्यसपछि केही बाटो आउला भन्ने तहका निराश साथीहरू पनि देख्छु। नेताहरूका कर्मले आजित पनि देखेको छु। हाम्रा नालायाकीले निराश भएर एकखालको बदलाभावले आक्रोश पोखिरहेका अनेक साथीहरू पनि हुनुहुन्छ।

युवाहरूमध्येकै एउटा दृश्य यस्तो छ। ऊ नेताको पछाडि लागेको छ। केही सोच्नु, विचार गर्नु र चिन्तन गर्नु छैन। समाज, परिवार र आफू हिँडेको बाटोको पनि ज्ञान छैन। किन हिँड्दैछु? कहाँ हिँड्दैछु? के बोल्दैछु? कसका पक्षमा बोल्दैछु? कसका पक्षमा नारा लगाउँदैछु? कसका विरुद्धमा लगाउँदैछु? भन्नेसम्म पनि केही थाहा छैन। पूरै लम्पट छ।

एकमात्र कुरा छ ऊसँग, भविष्यमा केही हुन्छ। किनकी नेताले त्यही भनेको छ। त्यो नेता पनि हिजो सडकमै थियो, नारा लगाउँदै थियो र कसैको पछाडि दगुर्दै थियो। ऊ आज कहाँ पुगिसक्यो। मेरो पनि केही होला भनेर कुदिरहेको छ त्यो पंक्ति।

त्यस्तो बेला कम्युनिस्ट आन्दोनलको संकट र समाधानको बाटो खोजेर आउने युवाहरू धेरै धन्यवादका पात्र हुन्। हामी राजनीति गरिरहेका मान्छेहरू, राजनीतिको सोपानका विभिन्न ठाउँमा रहेका मान्छेहरू र त्यहाँ फिट भएका मान्छेहरूलाई घचघच्याउने हिम्मत गरिरहेका युवाहरू साँच्चिकै धन्यवादका पात्रहरू हुन्।

टंक (चीनका लागि पूर्व राजदूत टंक कार्की)जी भन्नुहुन्थ्यो, हामी पनि तल्लो वर्गमा थियौं। दिनदिनै क्रान्ति चाहिएको थियो। मेरो बहिनी, भाई, श्रीमती सबैलाई चाहिएको थियो। क्रान्ति तात्कालिक भौतिक आवश्यकता थियो। किनकि म तल्लो वर्गको थिएँ।

यही आन्दोलनबाट केही आज्र्यौं। भाग्य थियो माथि–माथि पुग्यौं। अब हामी तल छैनौं। हिजो हामी तल थियौं र माथिकासँग अन्तरविरोध थियो। अब हामी माथि पुगिसक्यौं। हाम्रो अन्तरविरोध तलकासँग छ। यही हो समाज।

युगको जिन्दगी पनि व्यक्तिको जस्तो हुँदो रहेछ। व्यक्ति आशावादी हुन्छ। निराशावादी हुन्छ। प्राप्ति हुन्छ। युगको पनि त्यस्तै हुन्छ। युगको पनि एउटा जिन्दगी हुन्छ भनेर बुझ्नकै लागि हो नि यहाँ आउने।  यसरी आउने बदलाका लागि दौडिरहेको युवा हो। केही सीप नलागेर सारा चिज छाडेर आएको (करिब–करिब सोच्ने दिमाग पनि) आमाको गर्भमै छाडेर आएको जस्तो युवा होइन।

nimb
nimb

कयौं ठाउँमा टुकी बालेर युवाले नयाँ युगका कुरा गरेका थिए र नयाँ युगको सुरुवात भएको थियो। ध्वंस–विध्वसं जेसुकै भन्नुहोस्, कलरफूल आन्दोलन गरेका थिए र यस्तै गरेर क्रान्ति सुरु भएका थिए। आज ठीक अजेन्डा लिएर तपाईंहरू उपस्थित हुनुभएको छ।

कार्यकर्ताको योग्यता

यसलाई म सातो फुक्ने कार्यक्रम भन्छु। मेरो पद खुस्किन्छ कि भनेर, नियुक्तिका आशाले, पदका आशाले अनेक प्रकारका आशाले काँपिरहेका र यहाँ आउन पनि डराइरहेका म जस्ताको सातो फुक्ने कार्यक्रम हो। म त्यही वर्गमा पर्छु र मेरो वर्गमा पर्ने मान्छेहरू डराउँछौं। हामी डराउनेको सातो फुक्न जुन कार्यक्रम राख्नुभयो, यो स्तुत्य छ।

राजनीतिक संस्कृति कति बिग्रियो त? मूलप्रवाहका राजनीतिक नेताहरू त समाजका गुरुहरू हुन्। शिक्षकहरू हुन्। तिनले जे बोल्छन्, समाजले त्यही सिक्छ। ठूला मान्छे जता गए बाटो त्यही हो भन्ने हाम्रो परम्परा छ। आमजनले त्यस्तै बाटो रोज्छन्।

आज ती मान्छेहरू अर्थात् माथि बसेका मान्छेहरूको भाषा–बोली, दिनचर्या र दूरदृष्टि हेर्दाखेर निन्दाको, भर्त्सनाको, गालीको, बेइज्जतीको, खुट्टा तानातानको र चरित्र हत्याको कुरा सिकाइरहेका छौं। हाम्रै कम्युनिस्ट आन्दोलनमा पनि हेरौं न। कमरेड प्रचण्डले एमालेको पत्तासाफ गरिदिनुपर्छ भन्नुहुन्छ। माओवादीका साथीहरू लाठी र डन्डा लिएर खडा हुन्छन्। किनभने त्यो योग्यता हो। त्यो नेकपा माओवादी केन्द्र हुनुको योग्यता हो। प्रचण्डले पत्तासाफ गरिदिन्छु भन्दा माओवादी केन्द्रका साथीहरू बाटोमा लाठी लिएर निक्लिहाल्नुपर्छ।

माधव कमरेडले एमालेलाई धुलो चटाइदिन्छु भनेपछि समाजवादीका साथीहरूले केपी ओलीको पुत्ला जलाउनुपर्‍यो। हाम्रो योग्यता कतिवटा ओलीको पुत्ला जलाउँछौं, त्यसैले प्रमाणित गर्छ। अवस्था यस्तो बनेको छ।

कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेको खास खाँटी कार्यकर्ताले त बान्ता नगरी योग्यता पुष्टि हुँदैन। कमरेडले कुल्ला गर्नुहुन्छ, साथीहरू वान्ता गर्छन्। त्यो सिस्टममा हुनुहुन्छ भने योग्यता त्यही हो। 

हामी समाजलाई कता लैजाँदैछौं?

अहिले नेतासँग रिस उठ्यो। राजनीतिसँग पनि युवा रिसाइरहेको छ। किनभने राजनीति नेताको पकडमा छ। तर, नेता र राजनीति एकै त होइन। पकड नेताले जमाएपछि त उस्तै भइहाल्यो भनेर राजनीति र नेता सबैसँग युवाको आक्रोश देखिन्छ। वितृष्णा देखिन्छ युवामा। 

स्वतन्त्र भएर उभिएका छन् युवा। स्वतन्त्रका पक्षमा समाज नै देखाप¥यो। मूलधारको राजनीति चलाउने राजनीतिज्ञको अयोग्यताले सिर्जना गरेको हो यो। तर पार्टी भनेको पार्टी हो। खराब पार्टीको विकल्प राम्रो पार्टी हो। खराब वामपन्थी पार्टीको विकल्प असल वामपन्थी पार्टी हो। खराब कांग्रेसको विकल्प राम्रो कांग्रेस होला। तर पार्टीको विकल्प पार्टी नै हो।

हावाहुरी आउँछ। एक खालको विद्रोह हुन्छ। तर लामो रहँदैन। ’विचारभन्दा माथि देश’ पनि यही बाढीमा आउँछन्। बाढीमा गंगटा, भ्यागुता, झार जंगल सबै बगेर आउँछन्। त्यो कहीँ गएर ठोकिन्छ। सबै घटनाक्रमलाई युवाले एउटा विश्लेषणको ढाँचामा ल्याएर हेर्न थाल्छ। त्यसपछि उसलाई पार्टी चाहिन्छ।

नेताले घुस खायो–मुर्दावाद। राम्रो गरेन–मुर्दावाद। यो सब अजेन्डामा फरक कुरा गर्न आक्रोशले काम गर्छ। कस्तो पार्टीले भ्रष्टाचार गर्छ वा कस्तो नेताले भ्रष्टाचार गर्छ वा त्यहाँ राम्रो मान्छे गए पनि किन नराम्रो भएर निस्किन्छ? कसरी राम्रो पार्टीले खराबलाई पनि राम्रो बनाउँछ?

यसमा मूलतः दुईटा दृष्टिकोण छन्। एउटा त चुनावले ठीकठाक पार्छ। १८ वर्ष पुगेपछि भोट हाल्न देऊ। उसलाई चुनावमा उठ्न देऊ। उठाउन देऊ वा मार्केटमा छाड्देऊ। यी दुईटा कुरा बुझेपछि मान्छे राजनीतिक लाइनमा वा दर्शनमा लाग्दै जान्छ, सबै ठीकठाक हुँदै जान्छ। व्यक्तिलाई स्वतन्त्र बनाइदेऊ। सब ठीक हुन्छ। जस्तो, महिलाले दुःख पाइन्, स्वतन्त्र बनाइदेऊ। जनजातिले दुःख पाए, स्वतन्त्र बनाइदेऊ। उनीहरूलाई भोट हाल्न देऊ, बजारले ठीकठाक पार्छ। यसरी हेर्न थाल्यो भने पनि त्यो एउटा राजनीतिक दर्शन हो। त्यसले आफ्नो राजनीतिक बाटो तय गर्छ।

युवाले किन विद्रोह गर्ने?

आज युवाहरूले विद्रोहका साथ तर सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ। हाम्रो आन्दोलन कता लैजाँदैछन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गाली गलौज सुन्दा पर्याप्त हुन्छ। यस्तो बेलामा गरिएको यो कार्यक्रमले सबै कुरालाई विचारभित्र राखेर हेर्न सिकाउँछ।

आजको संकटको कुरा गर्ने हो भने पाँच वर्षअघि र आज हेर्दा के फरक छ? आकाश पाताल फरक छ।

हाम्रो पुस्ताभन्दा अगाडि पुस्ताले लोकतान्त्रिक स्थिरता होस् भन्ने आकांक्षाका साथ अनेक आन्दोलन उतारचढाव बलिदान सबै गरेर आए। खोजी लोकतान्त्रिक स्थिरताको थियो। २००७ सालमा लोकतन्त्र ल्यायौं, स्थिरता थिएन। २०१७ सालमा स्थिरता थियो, लोकतन्त्र थिएन। २०४७ मा ल्यायौं, त्यसमा फेरि अस्थिरता ल्याउने तत्व सक्रिय भए।

हामीले संविधान बनायौं। नेपाली भन्ने जातले २०७२ सालमा असाधारण काम गर्‍यो। अधिकारहरू स्थापित गरिएको छ। मौलिक हक लेखिएको छ। त्यसलाई बोक्न बलियो शक्ति चाहिन्थ्यो। त्यो पनि जनताले दिएका हुन्। वामपन्थी एक भए, त्यस्तो पार्टी बन्यो। नेपालीका युगीन आकांक्षा बोकेको संविधानलाई कार्यान्वयन गर्नसक्ने त्यो राजनीतिक पार्टी आउनु असाधारण कुरा थियो। कांग्रेसकै साथीहरू सोच्दै थिए– मुलुकमा ७० वर्षको अस्थिरता सकियो र नयाँ युग सुरु भयो। कुनै दिन कम्युनिस्ट असफल भए भने यो भन्दा राम्रो कांग्रेस आउनेछ, मुलुकका लागि राम्रै हुनेछ।

नेकपा फुटेर नेताहरूले के पाए? त्यो छाडिदिनुहोस्। उनीहरूको इगोको कति समन भयो? त्यो पनि छाडिदिऔँ। तर मुलुकले लामो संघर्षबाट आर्जेको सपना यसले बर्बाद पा¥यो। वाम आन्दोलनका लागि पनि ठूलो क्षति भयो। संविधानमा जे लिपिबद्ध गरिए थिए, ती इतिहासमा हामीले नै उठाएका अजेन्डा थिए। ती मुद्दालाई कार्यान्वयन गर्दै मुलुक अघि लैजान सक्थ्यौं। विश्वका उत्कृष्ट मोडेलबाट शिक्षा लिएर नेपालमा वामपन्थी मोडेल दिन सक्थ्यौं। त्यो मोडेल गुमाएका छौं।

यत्रो ठूलो कुरा किन गुमायौं?

२०७५ साल जेठ २ गते दुईजना (ओली र प्रचण्ड)ले एउटा गोप्य सम्झौतामा हस्ताक्षर गरे। त्यहाँ पालैपालो प्रधानमन्त्री हुने लेखे, सम्झौता गोप्य राखे। को पहिलो र दोस्रो अध्यक्ष हुने भनेर भागबन्डा छ तर सम्झौता गोप्य छ। दुई वर्षसम्म गोप्य थियो। त्यो पत्र जुनदिन बाहिर आयो, उनीहरू फुटे।

हाम्रोमा एउटा भनाइ छ– बुद्धिमानी छोरो चैतमा जुवा खेल्दैन। खेल्यो भने पानि खेलेँ भन्दैन। उनीहरूले जुवा खेले, गाउँभरि हल्ला गर्दै पनि हिँडे। ओलीले बैठक बोलाउनुभएन, प्रचण्ड र माधव नेपालसँग पार्टीमा बहुमत थियो। धैर्य गरेर प्रक्रियाअनुसार अघि बढ्न सक्थे तर त्यसो गरेनन्। उनीहरू संसदीय दलमा हस्ताक्षर संकलन गर्न थाले। एउटा उज्यालो परम्परामा यो छुद्र अभ्यासले समस्या आयो।

त्यो गोप्यवाला समाधान भएन। हाम्रो कुरा मिलेन। गोप्य सम्झौता मिलेन। संसद् हानिदियौं। यो क्षम्य हुन्छ? जनवादी केन्द्रीयता प्रयोग गरेर तिमीहरू कोही पनि नबोल भनेर हुन्छ? यो हुने कुरा हो?

एउटा घरमा गौथलीको गुँड थियो। च्याँचुँचुँ भयो। घरधनीलाई रिस उठ्यो। आगो लगायो घरमा त्यसपछि मादल ठोक्दै गाउँन थाल्यो– के गर्छस् गौथली अब?

बच्चाको टाउकोमा लिखा पर्‍यो। हामीले पेट्रोल हालेर जे–जे नगर्नुपर्ने हो गर्‍यौं। संसद् विघटन गरेर नाकाम ग¥यौं। त्यसपछि पान्डोराको बाकस खुल्दै गयो। के–के निक्लिदै गयो। अहिले अमेरिकी नेशनल गार्ड ल्याउने कांग्रेस राज गर्दैछ। संसद्मा पहिलो कम्युनिस्ट, तेस्रो कम्युनिस्ट, पाँचौ सबै कम्युनिस्ट। राज कांग्रेस गर्दैछ।

२०१७ सालमा संसद् राजाले विघटन गरेर के भयो? त्यसपछि २०४७ मा फर्केको संसद्लाई प्राकृतिक स्रोत साधनका लागि दुई तिहाइ चाहिने भयो। महाकाली सन्धिका लागि भारतले हान्न थाल्यो। राजाबाट अधिकार खोसेर संसद्ले लगेको थियो। राजा पनि संसद् नै अस्थिर पार्न लाग्यो। जनयुद्धको तारो पनि संसद् नै भयो। माओवादीले पनि त्यहाँ नहानी पुरानो सत्ता हान्न सक्दैनथ्यो। क्रान्ति गरेर संसद् ल्याउनेले हामीले पनि हान्यौं।

साँचो कुरा के हो भने हामीले माथि झगडा गर्यौं। परिणाम राम्रो निस्केन। वामपन्थीलाई भनेर १२२ सिटमा हालेको भोट अन्त कसैले प्रयोग गरिरहेको छ। भोट हालेका मान्छे खुसी देख्दिनँ। भविष्यो अज्ञात छ। वाम गठबन्धनको मत जोड्दा आज पनि बहुमत हुन्छ। कांग्रेसभन्दा वाम जनमत नै बढी छ।

हामीले मिलेर जान्थ्यौं भने स्थानीय तहमा ५७५ भन्दा बढी सिट जितेका हुन्थ्यौं। यस्तो अवस्थामा कम्युनिस्ट पार्टीका योद्धा, समर्थक र शुभचिन्तकको मनोविज्ञानको परिकल्पना हेर्नुहोस्। मंसिरलाई कसरी प्रतीक्षा गरिरहेको हुन्थ्यौं। तर अहिले चुनावको कुरा गर्दा के हो! के हो! भन्ने अवस्था छ।

हामीले चाहेको संगठन कस्तो?

टंक कार्कीजी भन्नुहुन्छ– जहाँ कोही प्राधिकार हुँदैन। म अध्यक्ष हुँ भने त्यहाँ भएका सबै मजत्तिकै प्राधिकार हुन्। मेरो काम अध्यक्षता गर्ने,  समन्वय गर्ने र बैठक चलाउने हो। अध्यक्षले सबैका कुरा सुन्ने हो र आएका कुरामध्ये योचाहिँ राम्रो हुन्छ कि भनेर प्रस्ताव गर्ने हो। यो अध्यक्ष हो। लोकतन्त्रमा जसले कम शासन गर्छ, त्यो शासक राम्रो हो भनिन्छ। जसले कम शासन गर्छ, त्यो अध्यक्ष राम्रो हो।

माथिदेखि तलसम्म लोकतन्त्र हुनेछ। यस्तो लोकतन्त्र, जहाँ मुख्य मान्छेलाई प्रश्न गर्न पाइन्छ। पार्टीको अध्यक्षमाथि प्रश्न उठाउने पार्टी बनेपछि तल आफैं सुध्रिदै जान्छ। हामीले त्यस्तो पार्टी बनाउन खोजेको हो।

त्यस्तो पार्टी बनाउनका लागि बौद्ध परम्परामा एउटा कथा छ– तत्काल उपचार गरिहाल्ने। त्यसपछि मात्रै वाँण कसले हान्यो? किन हान्यो? कुन कोणबाट हान्यो? बहस गर्ने। हामीले पनि अहिले गर्ने काम यो विभाजनलाई रोकिहाल्ने हो। त्यसपछि कार्यक्रम बनाउँदै जाने।

ती कार्यक्रम यस्ता हुन्छन्। एक, तीनवटै पार्टीले यो संसद विघटन गलत थियो भन्ने स्वीकार गर्ने। त्यसअघि गोप्य रुपमा गरिएको एकता सिद्धान्तहीन एकता थियो, त्यो  टिकेन। यसर्थ यो कमजोरी थियो भनेर स्वीकार्ने। त्यसको अर्थ हुन्छ सुधार्ने।

दुई, हामीले बनाएको सैद्धान्तिक दिशाअनुकूलको कार्यक्रम र संगठनात्मक सिद्धान्त बनाउँछौं भन्ने। त्यसपछि  तत्काल वाममोर्चा बनाउँछौं भन्ने। यति भन्नेबित्तिकै विश्वास किन गर्ने भन्ने प्रश्न उठ्ला। त्यसका लागि एउटा माफी सप्ताह आयोजना गर्ने। विभिन्न ठाउँमा भएको छ। सत्य निरुपण पनि माफी मिनाहावाला नै हो। अष्ट्रलियामा ‘सरी डे’ मनाइन्छ। गोराका पुर्खाले कालाका पुर्खामाथि विभेद गरेकोमा ‘सरी’ भनिएको हो। हामीले पनि त्यही गरौं।

(बुधबार युवा वाम बहसले राजधानीमा आयोजना गरेको कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटोमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालद्वारा व्यक्त विचारको सम्पादित अंश)
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारका लागि कुन राजनीतिक दलले कति सहयोग गरे? आइतबार, भदौ १४, २०८३
भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाको टोलीले चिलिमेको सुरुङबाट दुई शव निकाले आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्