काठमाडौं– भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्।
आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुग्यो, त्यहाँसम्म जीवित व्यक्तिहरू फेला पार्न सकेनौं’ उनले भने । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।