काठमाडौं– भदौ १० गतेको विनाशकारी बाढी–पहिरोबाट प्रभावितका लागि विभिन्न राजनीतिक दलले राहत तथा उद्धारमा आर्थिक सहयोग घोषणा गरेका छन्।
सबैभन्दा बढी सहयोग नेपाली कांग्रेसले १ करोड रुपैयाँ गरेको छ भने रास्वपाले ५० लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले २५ लाख रुपैयाँ दिँदा नेकपा एमालेले २० लाख र श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।
नेपाली कांग्रेस : १ करोड रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : ५० लाख रुपैयाँ
नेकपा : २५ लाख रुपैयाँ
नेकपा एमाले : २० लाख रुपैयाँ
श्रम संस्कृति पार्टी : १५ लाख रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।