काठमाडौं–भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका जनप्रतिनिधिहरुले आइतबार रास्वपा सभापति रवि लामिछानेसँग भेट गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् । भदौ १० गतेको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग लामिछानेले आज छलफल गरेका हुन् ।
छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । सरकारले प्रभावकारी उद्धार कार्य नगरेको, प्रभावित क्षेत्रमा सरकारको उपस्थिति बलियो नभएको लगायतका गुनासो गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।