काठमाडौं– अभिनेत्री तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले ‘न्याय’का लागि संघर्षरत निहारिका राजपूतलाई बच्चा लिएर आफ्नो घरमा आउन अनुरोध गरेकी छन्।
करिश्माले सामाजिक सञ्जालमार्फत निहारिकालाई यस्तो प्रस्ताव गरेकी हुन्। ‘बलात्कार भएपछि जन्मिएको छोरा’लाई लिएर न्यायका लागि संघर्ष गरिरहेकी निहारिकाबारे थाहा पाएपछि अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन्।
सामाजिक सञ्जालमा उनले आफ्नो एक छोरी भएको र निहारिका आएमा दुई वटा हुने भन्दै बच्चा लिएर घर आउन प्रस्ताव गरेकी हुन्।
‘मेरो भाई विनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न,’ उनले लेखेकी छिन्, ‘मेरो एउट छोरी थियो। तिमी भयो भने दुईटा हुन्छ। बच्चा लिएर घर आऊ, म छु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।