• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विनोद शाही मृत्यु प्रकरणमा प्रहरी भन्छ– घटना अनुसन्धानकै क्रममा छ, हचुवामा किटानी जाहेरी दर्ता हुँदैन

64x64
नेपाल लाइभ बुधबार, जेठ २५, २०७९  १६:०६
1140x725

काठमाडौं– गत जेठ १७ गते साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका रिठा टोलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भयो। झडप हुँदा विनायक नगरपालिका–४ कालिकास्थानका १७ वर्षीय किशोर शाही पनि उक्त ठाउँमा पुगेका थिए। 

त्यही झडपपछि शाही वेपत्ता भएको परिवारका सदस्यको दाबी छ।  साँझपख रिठा टोलबाट वेपत्ता भएका शाहीको शव पाँच दिनपछि जेठ २१ गते वडा नं. ४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा भेटियो। 

उनको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको थियो। चप्पल भिरमा अड्किएका थिए। शाही वेपत्ता भएपछि प्रहरीमा निवेदन दिँदासमेत समयमै खोजीनीति नभएको परिवारको गुनासो छ। 

उनी एमालेको चुनाव प्रसारमा समेत संलग्न थिए। त्यही कारण कांग्रेस कार्यकर्ताबाट हत्या भएको आरोप लगाउँदै आफन्तले शवसमेत उठ्न नदिइ आन्दोलन गरेका थिए। उनी मृत भेटिएको चार दिनपछि बल्ल सहमति भएर शव उठ्ने वातावरण बनेको छ। 

अब अनुसन्धानले गति लिने प्रहरीले जनाएको छ। ‘सुरुदेखि नै हामीले घटनालाई गम्भीर रुपमा लिँदै सीआईबीदेखि एसएसपीसम्मको टोली परिचालन गरेका थियौं,’ नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विष्णु केसीले भने, ‘यो घटना प्रहरी अनुसन्धानकै लेन्समा छ। कसैले केही शंका नगरी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छौँ।’

तीन बुँदे सहमति
शाहीको मृत्यु भएको नौ दिनपछि बुधबार पीडित आफन्त र प्रशासनबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै शव उठाउने प्रक्रियासमेत सुरु भएको छ। 

शव उठाउने, पोष्टमार्टम गर्न पठाउने र अवस्था हेरेर मुद्दालाई कानूनी प्रक्रियामा लैजाने सहमति भएको प्रवक्ता केसीले जानकारी दिए। यो सहमतिसँगै अब शाही मृत्यु प्रकरणको अनुसन्धानले गति लिने उनको भनाइ छ।

उनी बेपत्ता भएदेखि नै स्थानीय र आफन्तले प्रदर्शन गर्दै आएका थिए। सहमतिसँगै आन्दोलन पनि रोकिएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

‘नबुझी किटानी जाहेरी दर्ता हुँदैन’
शाहीको हत्या भएको दाबी गर्दै पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन। बुधबार प्रतिनिधि सभामा बोल्दै अछाम २ का सांसद यज्ञ बोगटीले प्रहरीले ‘जाहेरी’ दर्ता गर्न नमानेकाले शव उठ्न नसकेको र घटनास्थलमै शव कुहिने अवस्था आएको बताएका थिए। 

तर, जाहेरी नभएर किटानी जाहेरी आएको र हचुवाको भरमा बुझ्दै नबुझी किटानी जाहेरी दर्ता हुने अवस्था नरहेको अछाम प्रहरी स्रोतले नेपाल लइभलाई जानकारी दिएको छ। ‘उहाँहरुले जाहेरी लिएर आउनु भएको होइन। व्यक्ति नै किटान गरेर किटानी जाहेरी लिएर आउनु भएको हो। कर्तव्य ज्यान जस्तो कसुरमा हचुवाको भरमा कसैविरुद्ध मुद्दा दर्ता गर्नु जायज नहुने भएकाले किटानी जाहेरी नलिइएको हो,’ अछाम प्रहरी स्रोतले भन्यो, ‘जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान गर्न भने प्रहरीलाई कुनै समस्या छैन।’

प्रहरी स्रोतका अनुसार पीडित पक्षले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जनाविरुद्ध किटानी जाहेरी ल्याएका थिए। तर, घटनाको यर्थाथ नबुझी कसैलाई दुखः दिने नियतले किटानी जाहेरी दर्ता गर्न नहुने भन्दै प्रहरीले फर्काइदिएको थियो। 

राजनीतिक रङ दिन खोजिएको सांसदहरूको आशंका
शाही मत्यु प्रकरणको विषय सडकदेखि संसदसम्म पुगेको छ। स्थानीयले सडकमा आन्दोलन गरिरहेका छन्। सांसदले संसदमा समेत कुरा उठाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बधुबार प्रतिनिधिसभामा बोल्दै अछाम–२ का एमाले सांसद यज्ञ बोगटीले शाही मृत्यु प्रकरणलाई राजनीतिक रङ दिन खोजिएको आशंका गरे। ‘यो मुद्दामा राजनीतिको रङ देख्नु आवश्यक छैन। विद्यार्थी मारिँदा राजनीति गर्नु उपयुक्त हुँदैन। त्यहाँको जनताको प्रतिनिधिको हैसियतले मलाई जति पीडा छ, त्यतिकै यो सरकारका गृहमन्त्री र सरकारलाई पनि पीडा हुनुपर्छ। आफ्नो नागरिक मारिँदा पीडबोध हुनुपर्छ,’ बोगटीले भने।

बुधबारको प्रनिधिनिसभा बैठकमा सभामुख अग्नी सापकोटाले उक्त घटना छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिइसकेका छन्। 

त्यसअघि, कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले पनि मंगलबारको प्रतिनिधिसभा बोल्दै अपराधीलाई हदैसम्मको कारबाहीको माग गरेका थिए। ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस्, यो हाम्रो माग छ। कहीँ–कतै राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता घटनाहरुको प्रयोग नहोस्, माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ थापाले भनेका थिए।  

अनुसन्धान समिति गठन, सीआईबीको टोली परिचालन
शाही मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वको अनुसन्धान समिति गठन गरेको हो।

एसएसपी पाण्डेको टोली मंगलबार नै घटनास्थल गएर अनुसन्धान सुरु गरेको छ। 

यसअघि, शव भेटिएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई अनुसन्धानमा खटाइएको थियो। सीआईबीबाट डीएसपी मनोहर भट्टको कमान्डमा ६ सदस्यीय टोली अछाम पुगेर घटनाको अनुसन्धान गरिरहेको छ। त्यसैगरी, तालिम प्राप्त कुकुर प्रयोग गरेर प्रहरीले ‘स्निफिङ’ समेत गराएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्