• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विनोद शाही मृत्यु प्रकरणमा प्रहरी भन्छ– घटना अनुसन्धानकै क्रममा छ, हचुवामा किटानी जाहेरी दर्ता हुँदैन

64x64
नेपाल लाइभ बुधबार, जेठ २५, २०७९  १६:०६
1140x725

काठमाडौं– गत जेठ १७ गते साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका रिठा टोलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भयो। झडप हुँदा विनायक नगरपालिका–४ कालिकास्थानका १७ वर्षीय किशोर शाही पनि उक्त ठाउँमा पुगेका थिए। 

त्यही झडपपछि शाही वेपत्ता भएको परिवारका सदस्यको दाबी छ।  साँझपख रिठा टोलबाट वेपत्ता भएका शाहीको शव पाँच दिनपछि जेठ २१ गते वडा नं. ४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा भेटियो। 

उनको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको थियो। चप्पल भिरमा अड्किएका थिए। शाही वेपत्ता भएपछि प्रहरीमा निवेदन दिँदासमेत समयमै खोजीनीति नभएको परिवारको गुनासो छ। 

उनी एमालेको चुनाव प्रसारमा समेत संलग्न थिए। त्यही कारण कांग्रेस कार्यकर्ताबाट हत्या भएको आरोप लगाउँदै आफन्तले शवसमेत उठ्न नदिइ आन्दोलन गरेका थिए। उनी मृत भेटिएको चार दिनपछि बल्ल सहमति भएर शव उठ्ने वातावरण बनेको छ। 

अब अनुसन्धानले गति लिने प्रहरीले जनाएको छ। ‘सुरुदेखि नै हामीले घटनालाई गम्भीर रुपमा लिँदै सीआईबीदेखि एसएसपीसम्मको टोली परिचालन गरेका थियौं,’ नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विष्णु केसीले भने, ‘यो घटना प्रहरी अनुसन्धानकै लेन्समा छ। कसैले केही शंका नगरी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छौँ।’

तीन बुँदे सहमति
शाहीको मृत्यु भएको नौ दिनपछि बुधबार पीडित आफन्त र प्रशासनबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै शव उठाउने प्रक्रियासमेत सुरु भएको छ। 

शव उठाउने, पोष्टमार्टम गर्न पठाउने र अवस्था हेरेर मुद्दालाई कानूनी प्रक्रियामा लैजाने सहमति भएको प्रवक्ता केसीले जानकारी दिए। यो सहमतिसँगै अब शाही मृत्यु प्रकरणको अनुसन्धानले गति लिने उनको भनाइ छ।

उनी बेपत्ता भएदेखि नै स्थानीय र आफन्तले प्रदर्शन गर्दै आएका थिए। सहमतिसँगै आन्दोलन पनि रोकिएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

‘नबुझी किटानी जाहेरी दर्ता हुँदैन’
शाहीको हत्या भएको दाबी गर्दै पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन। बुधबार प्रतिनिधि सभामा बोल्दै अछाम २ का सांसद यज्ञ बोगटीले प्रहरीले ‘जाहेरी’ दर्ता गर्न नमानेकाले शव उठ्न नसकेको र घटनास्थलमै शव कुहिने अवस्था आएको बताएका थिए। 

तर, जाहेरी नभएर किटानी जाहेरी आएको र हचुवाको भरमा बुझ्दै नबुझी किटानी जाहेरी दर्ता हुने अवस्था नरहेको अछाम प्रहरी स्रोतले नेपाल लइभलाई जानकारी दिएको छ। ‘उहाँहरुले जाहेरी लिएर आउनु भएको होइन। व्यक्ति नै किटान गरेर किटानी जाहेरी लिएर आउनु भएको हो। कर्तव्य ज्यान जस्तो कसुरमा हचुवाको भरमा कसैविरुद्ध मुद्दा दर्ता गर्नु जायज नहुने भएकाले किटानी जाहेरी नलिइएको हो,’ अछाम प्रहरी स्रोतले भन्यो, ‘जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान गर्न भने प्रहरीलाई कुनै समस्या छैन।’

प्रहरी स्रोतका अनुसार पीडित पक्षले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जनाविरुद्ध किटानी जाहेरी ल्याएका थिए। तर, घटनाको यर्थाथ नबुझी कसैलाई दुखः दिने नियतले किटानी जाहेरी दर्ता गर्न नहुने भन्दै प्रहरीले फर्काइदिएको थियो। 

राजनीतिक रङ दिन खोजिएको सांसदहरूको आशंका
शाही मत्यु प्रकरणको विषय सडकदेखि संसदसम्म पुगेको छ। स्थानीयले सडकमा आन्दोलन गरिरहेका छन्। सांसदले संसदमा समेत कुरा उठाएका छन्।

बधुबार प्रतिनिधिसभामा बोल्दै अछाम–२ का एमाले सांसद यज्ञ बोगटीले शाही मृत्यु प्रकरणलाई राजनीतिक रङ दिन खोजिएको आशंका गरे। ‘यो मुद्दामा राजनीतिको रङ देख्नु आवश्यक छैन। विद्यार्थी मारिँदा राजनीति गर्नु उपयुक्त हुँदैन। त्यहाँको जनताको प्रतिनिधिको हैसियतले मलाई जति पीडा छ, त्यतिकै यो सरकारका गृहमन्त्री र सरकारलाई पनि पीडा हुनुपर्छ। आफ्नो नागरिक मारिँदा पीडबोध हुनुपर्छ,’ बोगटीले भने।

बुधबारको प्रनिधिनिसभा बैठकमा सभामुख अग्नी सापकोटाले उक्त घटना छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिइसकेका छन्। 

त्यसअघि, कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले पनि मंगलबारको प्रतिनिधिसभा बोल्दै अपराधीलाई हदैसम्मको कारबाहीको माग गरेका थिए। ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस्, यो हाम्रो माग छ। कहीँ–कतै राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता घटनाहरुको प्रयोग नहोस्, माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ थापाले भनेका थिए।  

अनुसन्धान समिति गठन, सीआईबीको टोली परिचालन
शाही मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वको अनुसन्धान समिति गठन गरेको हो।

एसएसपी पाण्डेको टोली मंगलबार नै घटनास्थल गएर अनुसन्धान सुरु गरेको छ। 

यसअघि, शव भेटिएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई अनुसन्धानमा खटाइएको थियो। सीआईबीबाट डीएसपी मनोहर भट्टको कमान्डमा ६ सदस्यीय टोली अछाम पुगेर घटनाको अनुसन्धान गरिरहेको छ। त्यसैगरी, तालिम प्राप्त कुकुर प्रयोग गरेर प्रहरीले ‘स्निफिङ’ समेत गराएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा
सम्बन्धित सामग्री
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । बुधबार, जेठ ६, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ... आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्