काठमाडौं– बलिउड अभिनेता सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’को नाम परिवर्तन भएको छ।
फिल्म छायांकनमा गएको केही समयमा नै फिल्मको नाम परिवर्तन भएको हो। अब फिल्मको नाम ‘भाइजान’ रहने फिल्मको निर्माण पक्षले बताएको छ।
सँगै फिल्ममा यसअघि अभिनय गर्ने भनिएका आयुष शर्मा र जहीर इकबालले पनि फिल्म छाडेका छन्। ई–टायम्सको रिपोर्टकाअनुसार फिल्म हाल हैदरावादम छायांकन भइरहेको छ।
छायांकनका लागि फिल्मको निर्माण पक्षसँगै अभिनेता सलमान खानलगायतका कलाकार हैदराबाद पुगेका छन्। हैदरावादमा फिल्म २५ दिनसम्म छायांकन हुने बताइएको छ।
फिल्मलाई सलमान खानले निर्माण गरिरहेका छन्। यो फिल्ममा सलमानसँगै पुजा हेगडे, राघव जुयाल र तेलगु अभिनेता वेंकटेश दग्गुबाती पनि रहेका छन्।
फिल्म यहि वर्ष ३० डिसेम्बरमा प्रदर्शन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।