काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को तारोमा परेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार बिहानैदेखि दौडधुप बढाएका छन्।
बुधबार बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच कार्कीको निष्कासनबारे छलफल भएको थियो।
त्यसको भोलिपल्टै बिहीबार कार्कीले सातै प्रदेशका डीआईजीहरूलाई प्रहरी मुख्यालय बोलाउनुका साथै प्रहरीको नीतिगत निर्णय गर्ने पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक आह्वान गरेका छन्।
पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरू सहभागी हुन्छन्। पीसीसी बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। तर, डीआईजीहरूलाई किन आकस्मिक रूपमा बोलाइएको हो भन्ने खुलेको छैन।
प्रहरी मुख्यालयमा आईजीपी कार्कीको अध्यक्षतामा बस्ने पीसीसी बैठकले नीतिगत निर्णयहरू लिन सक्ने बताइएको छ। यद्यपि, पीसीसी बैठकको एजेन्डा पनि सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।