काठमाडौं– नेपालका सिनेमा हलमा राम्रो प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’लाई प्रतिबन्ध लगाउन माग भएको छ। भारतको सिकिम्ममा फिल्मको प्रदर्शनलाई बन्द गर्न माग गरिएको छ।
सिकिम्मका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका छन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।
केही समयअघि फिल्मकै अभिनेत्री मिरुना मगर र बौद्ध धर्मका भिक्षु फुर्पा तामाङबीच विवाद भएको थियो। उक्त विवाद चर्किँदै जाँदा सिक्किमा फिल्मलाई प्रतिबन्द लगाउन माग भएको छ।
पत्रकार सम्मेलनमा सिक्किमका धर्म गुरु पिन्त्सोले भनेका छन्, ‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ। यसविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।