सांकेतिक तस्बिर
भक्तपुर–मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा करेन्ट लागेर शनिबार एक पुरुषको मृत्यु भएको छ।
आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।