फाइल तस्बिर
काठमाडौं–रातो मच्छिन्द्रनाथको भोटो शनिबार देखाइने भएको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइन लागिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने गृहमन्त्रालयले जनाएको छ। रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।