काठमाडौं– ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ का ४८ वर्षीय जीवनकुमार केसी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
केसी १ करोड १९ लाख ८५ हजार ५ सय रुपैयाँ ठगी गरेर फरार भएका थिए। उपभोक्ता हित संरक्षण समितिले केसी, रोजिना शाक्यसहितलाई विपक्षी बनाउँदै ठगीको कसुरमा जाहेरी दिएको थियो।
जाहेरीपछि फरार रहेका केसीलाई शुक्रबार काठमाडौं नयाँबजारबाट पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।