काठमाडौं– बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा असार मसान्त भित्रै इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नु पर्ने भएको छ। यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा असार मसान्तभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न आग्रह गरेको हो।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै यी दुवै प्रदेशमा दर्ता भएका सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही हुने चेतावनी समेत दिएको छ।
इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागले जनाएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।
विभागले बागमती प्रदेशको एकान्तकुना र गर्जुधारा तथा गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।