डडेलधुरा– डडेलधुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। पालिकाको प्रसासनिक भवनको प्रसाशन कक्षमा आगलागी भएको हो।
पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजात जलेको आलिताल प्रहरी चौकीका ईन्चार्ज भिमराज भट्टले बताए।
बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको छ। आगो कसरी लाग्यो भन्ने विषय खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजेतिर आगलागी भएको बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।