• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषकलाई पेन्सन कार्यान्वयन कति सम्भव ? 

64x64
सुमित्रा कार्की शुक्रबार, जेठ २०, २०७९  ०७:१९
1140x725

काठमाडौं–सरकारले कृषिलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट ल्याएको छ। आयात कम गर्ने र स्वदेशी उत्पादन बढाउने भन्दै कृषि क्षेत्रमा विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसअनुसार किसानलाई पेन्सन कोषको व्यवस्था गर्ने भनिएको छ। 

आगामी आवका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयतर्फ ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो चालु आवको भन्दा १० अर्ब ८८ करोड रुपैयाँले बढी हो।

बजेट वक्तव्यको ३५ नम्बर बुँदामा ‘किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रमअन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न  किसान हित कोषको स्थापना गरिनेछ’ भनिएको छ।

बजेट वक्तव्यमा उक्त कोष स्थापनाका लागि हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने उल्लेख छ। यो कोष खडा गर्न एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

तर, सांसदहरुले यो कार्यक्रमको आलोचना गरेका छन्। जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले किसानका लागि पेन्सन आवश्यक नभएको बताएका छन्। सरकारले कृषि क्षेत्रका लागि छुट्ट्याएको तीन प्रतिशत बजेटमा एक प्रतिशतमात्र काम लाग्ने र बाँकी दुई प्रतिशत बजेट फजुल खर्च भएको उनको भनाइ छ। 

उनले किसानका लागि पेन्सन कोष पनि सरकारले चुुनाव जित्ने एजेन्डामात्र भएको र यो कार्यान्वयन हुन नसक्ने बताए। उनी भन्छन्, ‘कृषिमा छुट्ट्याइएको बजेट २ प्रतिशत फजुल खर्च र १ प्रतिशतमात्र किसानले पाउने गरेका छन्।’
किसानलाई पेन्सन दिने कुरा हावादारी भएको उनको टिप्पणी छ। ‘किसानलाई पेन्सन चाहिँदैन, खेतमा पानी, समयमा मल र उम्रिने बीउ भए पुग्छ। विडम्बना असारको रोपाइँका लागि पनि मल अभाव छ र पाउने सम्भावना छैन,’ उनले भने। 

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै त्रिपाठीले भने, ‘पेन्सन दिने भनेको के हावादारी कुरा हो? यदि कृषि उपजको बिमाको कुरा गरेको भए उपयुक्त हुन्थ्यो। पेन्सन दिने के आधारमा? के मोडालिटी हुन्छ ?’

तर, पूर्व कृषिसचिव योगेन्द्रकुमार कार्की कृषकलाई पेन्सन दिने कुरा सम्भव रहेको बताउँछन्। ‘तर, कार्यान्यवयन हुन्छ हुँदैन भन्नेमा शंका छ। यदि सरकारले यसपटक पनि कृषकलाई पेन्सन दिने कुरा कार्यान्वयनमा ल्याउन सकेन भने किसानले आगामी दिनमा सरकारलाई विश्वास गर्ने बाटो नै बन्द हुन्छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

 उनका अनुसार कृषकलाई पेन्सन दिने कुरा माओवादीका  तर्फबाट हरिबोल गजुरेल कृषिमन्त्री भएका बेलामा पनि उठेको थियो। उनी भन्छन्, ‘म सचिव हुँदा पनि यो कुरा उठेको थियो। सबै कुरा प्रक्रियागत रुपमा काम भइरहेको थियो। नयाँ सरकार आएपछि त्यो कुरा पनि ओझेलमा पर्‍यो।’ 

त्यतिबेला किसानलाई पेन्सनका विषयमा केही अध्ययन पनि भएका थिए। तर, कार्यान्वयनमा भने आउन नसकेको उनको भनाइ छ। ‘यो विषय कार्यान्वयन गर्न नसकिने विषय हैन। तर, एकै आर्थिक वर्षमा ७७ जिल्लामा यो योजना लागू गर्न भने गाह्रो छ। एक आर्थिक वर्षमा एक प्रदेशको एक दुर्गम जिल्ला छानेर किसानलाई पेन्सन दिने हो भने त्यसको कार्यक्षेत्र अर्को वर्ष बढाउन सकिन्छ,’ उनले भने। 

यसैगरी, यस्तो पेन्सन दिँदा कस्तो खाले किसानलाई कुन खालको सुविधा दिने, कसरी प्रोत्साहन गर्ने, नेपालमा कति प्रकारका किसान छन् भन्ने विषयमा अध्ययन गरेर कार्यक्रम अगाडि बढाउनुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म नेपालमा किसानको वर्गीकरण पनि भएको छैन। त्यसकारण संसदमा पनि प्रश्न उठेको छ कस्तो किसानलाई पेन्सन दिने भनेर। सबैभन्दा पहिले किसानको वर्गीकरण आवश्यक छ।’

निजामति कर्मचारीको जसरी पेन्सन कोषमा रकम जम्मा हुन्छ त्यस्तै खालको किसान वर्गीकरण आवश्यक रहेको उनको बुझाइ छ। साना किसान, मध्यम खालका किसान र ठूला किसानलाई कसरी यस्तो खालको सुविधा दिने भनेर सीमा निर्धारण गर्नपर्ने आवश्यकता रहेको उनी बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो योजना योगदानमा आधारित योजना भएका कारण कति खर्च हुन्छ भनेर अनुमान लगाउन नसकिने कार्की बताउँछन्। तर, अहिले सरकारले एक प्रदेशमा एक जिल्ला अनुसार यस्तो योजना लागु गर्ने हो भने सरकारले अहिले छुटट्याएको एक अर्ब रुपैयाँले पुग्ने कार्कीको अनुमान छ। 

तथ्यांक विभागका अनुसार नेपालमा ४२ लाख परिवार किसान छन्। यसमा कस्ता खालका किसान छन् भनेर वर्गीकरण भने भइनसकेको कृषि मन्त्रालय स्रोत बताउँछ। मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले कृषि गणना कार्यक्रम भइरहेको छ। आगामी आर्थिक वर्षभित्र कुन प्रदेशमा कति कृषक छन्? कस्तो वर्गका छन् भन्ने सबै जानकारी आइसक्छ।’ 

पेन्सन कोष स्थापना गर्न र देशका सबै कृषकलाई यस्तो कोषमा आबद्ध गराउन लामो गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन्। हालसम्म यसबारे केही पनि अध्ययन भएको छैन। मन्त्रालय स्रोतका अनुसार बजेटमा आएको कुरा एउटा ‘गाइडलाईन’ मात्र हो। यसलाई कार्यान्वयनमा ल्याउनका लागि गहिराईमा गएर अध्ययन गर्न बाँकी छ। 

आगामी आवका लागि कृषिमा अनुदान
सरकारले आगामी वर्ष उत्पादकत्व वृद्धि गर्ने भन्दै विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरेको छ। सरकारले यो वर्षको बजेटमा पनि कृषितर्फको मुख्य अनुदानको क्षेत्र रासायनिक मल खरिद तथा ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डमार्फत् कार्य अगाडि बढाइने जनाएको छ। यसअनुसार मललाई नै प्राथमिकतामा राखेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि मललाई १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

साथै, बजेटमा तीनै तहका सरकारको समन्वयमा प्रत्येक स्थानीय तहमा प्राङ्गारिक मल उत्पादन तथा उपयोगलाई प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गर्ने निर्णय पनि सरकारले लिएको छ। सरकारले प्रदेश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि १० अर्ब विनियोजन गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य विभिन्न बाली तथा वस्तुका क्षेत्रहरुलाई प्रदेशमा हस्तान्तरण गर्ने व्यवस्था गरेको छ। कृषि ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रलाई उत्पादन क्षेत्रमा सेवा प्रदान गर्ने गरी किसानसँग आवद्ध गर्ने नीति अवलम्वन गरिने उल्लेख छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ। 

धानलगायतका खाद्यान्न भण्डारणका लागि मुलुकभर १०० सामुदायिक खाद्य गोदाम घर निर्माण गर्न ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कृषि बाली तथा पशु बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान प्रदान गर्न ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ। चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन उखु बालीका अतिरिक्त सुगर बिट्ससमेतको उत्पादन गर्न कार्यक्रम सञ्चालन गर्नका लागि उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड विनियोजन गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्