• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमाथि सत्ता पक्षीय सांसदकै संशय

64x64
नेपाल लाइभ बिहीबार, जेठ १९, २०७९  १८:०३
1140x725

काठमाडौं– सरकारले संघीय संसद्‌मा जेठ १५ गते प्रस्तुत गरेको विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा छलफल जारी छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटको सन्दर्भमा चर्को आलोचना गरिरहँदा सत्ता पक्षीय सांसदहरुले भने शंसयसहित सर्मथन गरेका छन्।

बिहीबारको छलफलमा दोस्रो वक्ताको रुपमा आएका सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई ८ वटा प्रश्न गरे। उनले केही सुझावसहित बजेटमाथि सशंय व्यक्त गरे। त्यसो त उनले बजेटको सकारात्मक पक्षबारे चर्चा गरेर स्वागत पनि गरे। ‘आयतबाट उत्पादन तर्फको स्पष्ट दृष्टिकोणका साथ बजेट आएको छ’, सांसद थापाले भने, ‘उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ, म यसलाई स्वागत गर्छु। उत्पादनमा आधारित अर्थतन्त्र भनेर उद्देश्य स्पष्ट लिएको छ।’ 

संसद्‌ थापाले बोल्न पाएको अधिकांश समय भने बजेट निर्माण प्रक्रिया र यसले ल्याएका योजनाको कार्यन्वयनको सन्दर्भमा सशंय व्यक्त गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न सोध्नमा खर्च गरे। उनले अर्थमन्त्री शर्मालाई ८ वटा प्रश्न गरे भने  केही सुझाव पनि दिए। 

सांसद थापाले बजेटको आकार, स्रोत व्यवस्थापन र पुँजीगत खर्च बढाउने आधारबारे अर्थमन्त्रीबाट आस्वस्त हुन खोजे। त्यस्तै, संघीयताको मर्मअनुसार बजेट विनियोजन भए/नभएको, सामाजिक सुरक्षाले उत्पन्न गरेको दायित्वअनुसार आम्दानीको प्रबन्ध गरे/नगरेको प्रस्ट हुन चाहेको बताए। 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले मन्त्रालयहरूको योजना तथा कार्यक्रममा अर्थमन्त्रीले हस्तेक्षेप गरेको हुनसक्ने भन्दै आशंका पनि व्यक्त गरे। बजेटमा स्वास्थ्य बिमाको सन्दर्भमा गरिएको व्यवस्थाप्रति निकै आक्रमक देखिए थापा। उनले भने, ‘स्वास्थ्य बिमा सामाजिक सुरक्षाको कार्यक्रम हो। वर्षौं लगाएर हामीले स्वास्थ्य बिमाको अवधारणा बनाएको हो। यहीँ उभिएर मैले कानुन प्रस्तुत गरेको हो। त्यसमा थप काम गर्नुपर्नेछ।’  थापाले स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम अर्थ मन्त्रालयले नबुझेको टिप्पणी समेत गरे। ‘अर्थ मन्त्रालयले के कार्यक्रम ल्याइदियो, अब यो बिमा कम्पनीमार्फत् चलाउने। अर्थमन्त्रालयले नेपालले अहिलेसम्म लिएको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो,’ थापाले भने। 

संसद्‌ थापापछि छलफलमा सहभागी हुन आएका थिए माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेल। सांसद पोखरेलले पनि आफ्नो मन्तव्यको सुरुमा बजेटको आधारभूत विषय स्वागतयोग्य रहेको बताए। प्राथमिकता निर्धारण राम्रो रहेकोले कार्यन्वयनमा आउन सके धेरै ठिक हुने पोखरेलको भनाइ थियो। 

विभिन्न सरकारमा रहेर शिक्षा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेलले ती मन्त्रालयका लागी छुट्याइएको बजेट भने अपुग र कतिपय अवस्थामा नीति नै सहि नभएको टिप्पणी गरे।  त्यस्तै, शिक्षक र विद्यालयका कतिपय आवश्यकताका कुरा पनि बजेटले नबोलेको पोखरेलको भनाइ थियो। ‘बजेटले सार्वजनिक शिक्षालाई सवलीकरण गर्ने सवालमा बोल्न सक्नुपर्थ्यो त्यो बोलेको देखिएको छैन,’ उनले भने, ‘विद्यालय शिक्षाको हकमा पनि सम्बोधन भएन। त्यस्तै शिक्षकलाई सबल र स्कूललाई प्रविधिमैत्री बनाउनुपर्ने हुन्छ। अहिलेको आवश्यकता हो। ती कुरा राखिएको छैन।’

पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताए। उनले भने, ‘मैले समर्थन गर्न नसक्ने भनेको स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा छ। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै क्याबिनटमा म ८० दिन थिएँ। त्यतिखेर पास गरेको ऐन हो यो। प्रचण्डको नेतृत्वमा गगन थापा स्वास्थ्यमन्त्री हुँदा यसमा गृहकार्य भएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

पोखरेलले आफूले स्वास्थ्य बिमा कार्यक्रम निजी बिमा कम्पनीलाई दिने कुरो बुझ्न नसकेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे। उनले स्वास्थ्य बिमालाई नाफासँग जोडेर नहेर्न भन्दै थपे, ‘यो युनिभर्सल कभरेजसँग जोडिएर आएको हो। नाफा र नोक्सानसँग जोडिएको होइन।’

गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा)का नेता तथा सांसद मोहम्मद इस्तियाक राईले छलफलमा बजेट महत्वाकांक्षी भएको टिप्पणी गरे। आफू सत्ता पक्षीय सांसद भएको नाताले बजेट कार्यान्वयनका लागि शुभकामना दिनसक्ने उनको भनाइ थियो। 

‘बजेटको आकारलाई हेर्ने हो भने खाद्यान्नमा,फलफूलमा, विद्युतीय सवारी साधानमा कर लाएर पनि चालु खर्च धान्ने आम्दानी मात्रै देखिन्छ,’ उनले भने, ‘ऋणमा आधारित बजेट प्रस्तुत भएको छ। त्यहि भएर महत्वकांक्षी, कार्यन्वयन हुन नसक्ने बजेट हो भन्ने मेरो ठहर छ। कसरी कार्यन्वयन हुन्छ मलाई थाहा छैन, तर सत्ता पक्षको सांसद भएकोले कार्यान्वयन होस् भन्ने शुभकामना दिन्छु।’

पूर्वमन्त्री समेत रहेका राईले बजेट नेता विशेषको क्षेत्रमा प्राथमिकताको आधारमा विनियोजन भएको टिप्पणी गरे। अर्थमन्त्रीको सर्वहारा, समाजवादी  बजेट भएकाले केही सीमित मानिसलाई पोस्ने खालको देखिन गएको भन्दै राईले व्यङ्ग्य समेत गरे। 

Xtrem

Xtrem

कर्णाली लगायत दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्ता पक्षका सांसदहरुले पनि आशंखासहित बजेटका कतिपय व्यवस्थाप्रति प्रश्न गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्