काठमाडौं- तारा एअरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गरेको छ।
तारा एअरले आज एक सूचना जारी गर्दै पोखरा-जोमसोम-पोखराको उडान जेठ २० गते शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु स्थगित गरेको जनाएको छ।
गत आइतबार तार एअरको पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।