काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन (बिहीबार) पनि सेयर बजार दोहोरो अंकले घटेको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा समेटियो।
यस्तै, 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.८१ अंकले घटेर ४१०.६६ विन्दुमा पुग्यो।
बिहीबार कारोबारमा आएकामध्ये एउटा समूहको मात्रै उपसूचक बढेको छ। म्युचुअल फण्ड समूहको उपसूचक मात्रै ०.१४ प्रतिशतले बढ्यो।
बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार परिणाम र रकम भने बढेको छ। बिहीबार कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब १६ करोड १४ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भयो।
अघिल्लो दिन (बुधबार) भने ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो। यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक (प्रमोटर सेयर)को मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घट्यो। प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ६.४७ अंकले घट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।