काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ।
बुद्ध एअरको ९५३ कल साइन रहेको ६९ जना सवार विमान काठमाडौं नै फर्किएको हो। ‘धावनमार्गमा रबरको टुक्रा भेटिएपछि विमानको टायरमा समस्या आएको हो कि भनेर फिर्ता गरिएको हो,’ विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरले भने, ‘प्राविधिकहरूले अहिले उक्त विमान चेकजाँच गरिरहेका छन्।’
उनका अनुसार उक्त विमानमा रहेका यात्रुहरूलाई अर्को विमानमा चढाएर भद्रपुरतर्फ पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।