काठमाडौं– आइतबार मुस्ताङको थसाङ–२ मा भएको तारा एअरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव मंगलबार काठमाडौं ल्याइएको छ।
मंगलबार नै ल्याएका १२ शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको छ।
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव सोमबार नै काठमाडौं पुर्याइएको थियो। यस्तै, एक जनाको शव मंगलबार बिहान मात्रै भेटिएको थियो। कोवाङमा १२ जनाको शव जम्मा भएपछि मंगलबार काठमाडौं ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।