काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय रुपन्देहीमा कार्यरत एक अमिनलाई घुससहित पक्राउ गरेको छ।
जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा अमिन टेकबहादुर रायमाझीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
आयोगको बुटवलबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको नापी कार्यालयको क्वाटरबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका अमिन रायमाझीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।