काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले तारा एअरको विमान दुर्घटनामा विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरुको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत् उनले यो खबरले मर्माहत बनाएको भन्दै यस दुःखद घडीमा दिवंगत सबैमा श्रद्धाञ्जली र शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।