काठमाडौं– काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहको संयाजकत्वमा फोहर व्यवस्थापनका लागि समिति गठन गरेको छ। समितिले महानगरको फोहर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ।
यसैगरी महानगरमा भएको शौचालयको समस्या समाधानका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ। त्यसका लागि सम्झौता गर्ने र बोर्ड राख्ने बताइएको छ।
यसैगरी महानगरबासीको गुनासो सुन्ने कल सेन्टर बनाउने निर्णय पनि गरिएको छ। उक्त कल सेन्टर ७ दिनभित्र बनाउने निर्णय गरिएको छ।
यसैगरी कल सेन्टरकै मातहतमा समस्या समाधानका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ।
यसैगरी ढलको समस्या समाधान गर्ने विषयमा पनि निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।