काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू स्वतन्त्र भएकैले काम गर्न सहज हुने बताएका छन्। धेरैले स्वतन्त्र भएर काम गर्न अप्ठ्यारो हुने बताए पनि आफूलाई चाहिँ त्यही सहज हुने बताए।
उनले भने, ‘पार्टीको भए पो पार्टीलाई केही गर्नुपर्ने हुन्छ। कसैको पक्ष र विपक्ष भइन्थ्यो। स्वतन्त्र भएकाले नगरबासीप्रति उत्तरदायी भए पुग्छ।’
उनले वडाअध्यक्षहरु र आफ्नो सोचाइमा फरक नभएको बताए। उनले आफ्ना लागि सवै बराबर भएको बताउँदै महानगर बनाउन लागि पर्ने बताए।
उनले पहिले बैठक सकारात्मक रहेको र सबैले राम्रो कुरा राखेको उल्लेख गर्दै सकारात्मक हुन सबैलाई आग्रह गरे। ‘हामी केही गर्न सकिन्छ कि भनेर आएका हौं। यदि नकारात्मक सोच्थें भने म पाँच महिनाअघि नै चुनाव हारिसकेको हुन्थें। सबैले हार्छौ भन्थे। जितिन्छ कि भनेर चुनाव लडेको हुँ,’ उनले भने, ‘नकारात्मक सोच नकारात्मक हुन्छ।’
आफूले कसैका लागि कमाइदिनुपर्ने नभएकाले त्यतातिर नलाग्ने कुरामा विश्वस्त तुल्याए। ‘मलाई कसैका लागि कमाउनुपर्ने छैन। पार्टीलाई दिनुपर्ने छैन। तपाईंको पनि त्यस्तै होस्,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।