काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन शाहले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधान सेनापतिसँग भेट गरेका हुन्।
भेटमा मेयर शाहले बिपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे।
प्रधान सेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।
भेटवार्तामा महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यको बारेमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।