काठमाडौं– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि थप भएको छ। मन्त्रिपरिषद्को बैठकले एक कार्यकालका लागि पौडेलको पदावधिक थप गर्ने निर्णय गरेको हो।
ओली सरकारले गरेको नियुक्तिको समयावधि पूरा भइसकेका पौडेललाई २०८० कात्तिक सम्मका लागि पुनः नियुक्त गरिएको हो।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेस खरिदको क्रममा भएको भनिएको अनियमितताबारे छानबिन गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा पौडेलको भूमिका समेत संकास्पद देखिएको बताइएको थियो। प्रेस खरिद गर्दाको अनियमितता प्रकरण बाहिरिएका बेला पौडेल अमेरिका गएका थिए।
अनियमताको विषय माथिको छानबिन टुंगोमा नपुग्दै सरकारले अर्को कार्यकालका लागि पौडेलको पदावधिक थप गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।