काठमाडौं– तारा एअरले आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर वायुयान साढे १४ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएको छ। सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै तारा एअरले यस्तो जानकारी दिएको हो।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको एअरको उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भिरमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
वायुयान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानीबाट सम्पर्कमा आएपश्चात सम्पर्कविहीन भएको थियो।
प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्दार समन्वय केन्द्रमार्फत् आज बिहानैदेखि हवाइ तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।