काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीति समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले पुराना नीतिलाई यथावत राखेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर बजारमा ४/१२ नीति (सेयर धितो राखेर एउटा संस्थाबाट चार करोड र एक व्यक्तिले समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्ममात्र ऋण लिन पाउनसक्ने व्यवस्था)को व्यवस्था हटाइने अपेक्षा गरिएको थियो।
यसैगरी, आयातमा शतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा गरिरहेका थिए।
तर, राष्ट्र बैंकले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखेको छ।
मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।