काठमाडौं- ३५ लाख भारतीय रुपैयाँ हिनामिना गरेको आरोप लागेपछि भारतीय ओलम्पिक संघका अध्यक्ष नरिन्दर बत्राले पदबाट राजीनामा दिएका छन्। गत महिना मात्र उनीविरूद्ध केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले हकी संघको रकम हिनामिना गरेको बारे अनुसन्धान थालेको थियो।
उनीविरूद्ध रकम हिनामिना गरेको आरोप लागेपछि दिल्लीको उच्च अदालतले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीस अनिल दवे, पूर्वमुख्य निर्वाचन आयुक्त एसवाई कुरेशी र पूर्वओलम्पियन जफल इकबाल सदस्य भएको ३ सदस्यीय छानबिन कमिटी गठन गरेको थियो।
कमिटीले पदको दुरुपयोग गर्दै बत्राले हकी संघको ३५ लाख रुपैयाँ हिनामिना गरेको रिपोर्ट दिँदै उनीबाट त्यो पैसा असुलउपर गर्न आदेश दिएको थियो। रिपोर्ट हकी संघका कार्यवहाक अध्यक्ष अनिल खन्नालाई सुम्पिएपछि बत्राले दबाबमा बुधबार राजीनामा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।