काठमाडौं– जबरजस्ती करणी उद्योग मुद्दामा ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्।
मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५/५६ वर्षीय पुरुष छन्। बुधबार बिहान ती पुरुष हिरासत कक्षमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।
उनलाई एक नाबालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोप लागेको थियो। त्यसपछि कोहलपुर प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।